‘एमालेको एकल बहुमत बिना देश बन्दैन’

  • वैशाख ३१, २०८१ | ४९७ पटक पढिएको | सीमा संदेश
alt

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेले बहुमत नल्याएसम्म देश नबन्ने बताएका छन् ।

सर्लाहीको मलङ्गवामा आइतबार पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देश बनाउन मधेशका नागरिकको उत्थान हुनुपर्नेमा जोड दिए । देशको विकासमा एमालेले जति अन्य पार्टीले योगदान नगरेको उनको भनाइ थियो । ‘‘राष्ट्रिय गौरवको योजनाका रुपमा महत्वपूर्ण योजना अगाडि सार्ने नेकपा(एमाले) मात्र हो ।’’ नेता पौडेलले भने, ‘‘यो पूरा गर्ने अभिभारा एमालेको हो । त्यसका लागि तपाईँहरुले ८४ को निर्वाचनमा एमालेलाई बहुमत दिएर विजयी गराउनुपर्छ ।’’

नेता पौडेलले ८४ को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तालाई आह्वान गरे । एमाले नेता तथा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मधेशका समस्या समाधानमा सरकार दत्तचित्त रहेको बताए । मधेशका जनताको ठूलो समस्याको रुपमा रहेको कृषि, सिँचाइ, मिटरब्याजलगायत समस्यामा एमाले संवेदनशील रहेको उप्रेतीको भनाइ थियो । नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिएको सुखी नेपाली, समृद्ध नेपाल देश र जनताको पक्षमा रहेको पुष्टि भएको उनको दाबी थियो ।

रक्षा मन्त्री उप्रेतीले सर्लाहीका जनताको लागि आफू पहिलादेखि लडिरहेको दाबी गरे । पार्टीको जिल्ला अधिवेशनको बन्दसत्र सोमबार बिहानबाट सुरु हुने पार्टी जिल्ला कमिटीका उपाध्यक्ष विदुर प्याकुरेलले जानकारी दिए ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब