मौसम अपडेट : तराईमा तातो हावा ‘लू’ को सम्भावना

  • जेठ ४, २०८१ | ४८६ पटक पढिएको | सीमा संदेश
alt

तराईका विभिन्न ठाउँको तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा माथि पुग्न थालेको छ । पानी पर्ने क्रम कम भएपछि फेरि गर्मी बढेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर लगायतका ठाउँको तापक्रम ४० डिग्री आसपाससम्म पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तराई क्षेत्रमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा धेरै मापन भएको छ । केही दिनदेखि अधिकतम र न्यूनतम तापक्रम बढ्दै गएको छ ।

महाशाखाले तराई क्षेत्रमा अबको केही दिन तातो हावाको लहर अर्थात् ‘लू’ चल्न सक्ने भएकाले सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो हावा अर्थात् ‘लू’ का कारण सास फेर्न गाह्रो हुने, आलस्य बढ्ने, आँखाको समस्यालगायत हुन सक्छ ।

गर्मीको समयमा घरभित्र अथवा चिसो ठाउँमा बस्न, घाममा ननिस्कन, हल्का, पातला लुगा लगाउन, टाउको छोप्न, झोलिला पदार्थ पानी, जुस, सर्वत प्रशस्त पिउन र स्वास्थ्यमा समस्या भएमा अस्पताल जान डाक्टरको सुझाव छ ।

यसैबीच आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब