मधेशमा जनमतको नेतृत्वमा सरकार बन्ने सहमति, जनमतका यादव मुख्यमन्त्री बन्दै

  • जेठ ४, २०८१ | ५९५ पटक पढिएको | सीमा संदेश
alt

डा. सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा मधेशमा नयाँ सरकार बन्ने सहमति भएको छ । त्यसको लागि शुक्रबार पाँच दलबीच सहमति भएको हो । 

सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत्व गर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन ।

जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) सम्मिलित हुने संघीय नेताहरूबीच सहमति भएको हो । जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने तय छ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले सहमतिअनुसार माओवादीले अर्थसहितका मन्त्रालय पाउने पक्का भएको जानकारी दिए । उनले मन्त्रालय बाँडफाँडका विषयमा सरकारमा सहभागी हुने दलका बीच शनिबार छलफल हुने बताए ।

सहमति गरेका पाँच दलले शनिबार मन्त्रालय बाँडफाँडका विषय टुंगो लगाएर तथा प्रदेशसभा सदस्यका हस्ताक्षर संकलन गरी आइतबारसम्म सरकार बनाउनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नेछन् ।

माओवादी संसदीय दलका नेता साहले पाँचदलीय सहमतिपछि मौजुदा प्रदेश सरकार अल्पमतमा परेको र नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्ने सम्भावना न्यून रहेकाले आफूहरू बहुमत सदस्यका साथ सरकार गठनका लागि दाबी पेश गर्ने बताए ।

माओवादीका भरत साहले पाँच दलबीच सहमति भईसकेको र जनमतका सँसदीय दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने तय भएको पुष्टि गरे । 

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब