मधेश प्रदेशमा ‘कोर्ष करेक्सन’ हुने : अध्यक्ष नेपाल

  • जेठ ८, २०८१ | ५०० पटक पढिएको | सीमा संदेश
alt

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय सरकारमा फरक दल र मधेश प्रदेशमा फरक दलको सरकार रहेकाले नयाँ कोर्ष अनुसार अघि बढ्न सक्ने संकेत गरेका छन् । जनकपुरधाम विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफूहरु संघीय सरकारमा र मधेश प्रदेश सरकारमासमेत सहभागी रहेकाले नयाँ कोर्ष अनुसार अघि बढ्ने संकेत गरेका छन् । संघीय सरकारमा पधानमन्त्री पष्पकमल दाहाललाई विश्वासको मत दिएको बताउँदै अध्यक्ष नेपालले मधेश प्रदेश सरकारको नेतृत्व जसपा नेपाल रहे पनि आफूहरु पनि सहभागी रहेकाले ‘मोरल’ माथि पश्न उठेको बताए । उनले मधेश प्रदेश सरकारको सवालमा आफूहरुमाथि नैतिकताको प्रश्न खडा भएको स्पष्ट पार्दै केन्द्रमा नेकपा माओवादी केन्द नेतृत्वको सरकार रहेको बेला जसपा नेपाल नेतृत्वमा रहेको मधेश पदेश सरकारलाई समर्थन गरेमा नैतिकताको पश्न उठ्ने भएकाले नयाँ ढंगले अघि बढ्न खोजेको बताए । उनले भने– ‘मुलुक संघीय संरचनामा रहेकाले यहाँ हामी फरक ढंगले अघि बढ्न चाहे पनि वर्तमान देशको राजनीतिक परिस्थितिले निर्धारण गरे अनुसार निर्णय गर्छौ ।’ अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरिसके पछि मधेश प्रदेशको सरकारमा पनि उथलपुथल हुने भएकाले अब के गर्ने भन्ने बारेमा छलफल गर्ने बताए । ‘प्रधानमन्त्री प्रचण्डले संघीय सरकारका लागि विश्वासको मत पाइसक्नु भएको छ, अध्यक्ष नेपालले भने–‘ मुलुकको राजनीतिक कोर्ष कसरी अगाडि बढ्छ, त्यो पनि नियालिरहेका छौँ, हेरौँ, के हुन्छ? उनले मुलुक संघीय संरचनामा रहेकाले केन्द्र र प्रदेशमा आफूहरु फरक ढंगले अघि बढ्न चाहि रहेको समेत बताए । मधेश प्रदेशमा एमाले र माओवादीलाई नसघाए एसको नेतृत्वमा सुदूरपश्चिममा रहेको प्रदेश सरकार ढल्ने जोखिम छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिएको एमाले र माओवादी सरकारमा गएका छैनन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब