यादवविरुद्ध मधेशमा मोर्चाबन्दी

  • जेठ ८, २०८१ | ४०२ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी( जसपा)नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को साथ छोड्दा जनमत, जसपा र स्वतन्त्र सांसदले साथ दिएका छन् ।

जसपा नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले सोमवार विश्वासको मत लिएका छन् । उनलाई कांग्रेसले समर्थन गरेको बखतकै संख्यामा सांसदहरुले फेरि समर्थन गरेका छन् । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतवार सर्वोच्च अदालतमा विश्वासको मत रोक्न रिट दर्ता गरेका थिए । तर रिटमा सुनुवाई हुनु अगावै प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेका छन् ।

जसपा नेपालबाट विभाजित भएका जसपाका ७ जना सांसदले पनि विश्वासको मत दिएका छन् । जसपा नेपाल रहने गठबन्धनमा जनमत, जसपा र मधेश प्रदेशका २ जना स्वतन्त्र सांसद नरहने भएका छन् । यादव संघीय सत्तारुढ गठबन्धनमा रहँदा जनमत पार्टी सत्ता भन्दा बाहिर रहेका थिए । जसपा हट्ने बितिकै जनमत पार्टी सत्ता गठबन्धनसित नजिकिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)ले पनि जसपा नेपालसित सहकार्य गर्न असहज महसुस गरिरहेको छ । जसपा नेपाल संघीय गठबन्धनमा एमाले, माओवादीलाई साथ दिएपछि मधेश प्रदेशको सरकारबाट बाहिरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले वैशाख ४ गते विश्वासको मत लिँदा एमाले र माओवादीले साथ दिएका थिए । कांग्रेस, जनमतसँगै लोसपाले पनि विश्वासको मत दिएको थिएन् । यद्यपि लोसपा र जसपा नेपाल हाल एउटै विपक्षी गठबन्धनमा केन्द्रमा रहेको छ । संघीय गठबन्धनमा भएको फेरबदलसँगै मधेश प्रदेशमा पनि गठबन्धन सोही अनुरुप हुने देखिएको छ ।

उच्चस्रोतहरुका अनुसार संघीय सरकारमा रहेको नेकपा एसले भने मधेश प्रदेशमा जसपा नेपालसहितको गठबन्धनसाथ रहने बताइएको छ । हाल पनि नेकपा एस मधेश प्रदेश सरकारमा रहेको छ ।

जसपा नेपालका अध्यक्ष संघीय सरकारमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका बेला जनमत र लोसपा सरकार बाहिर थियो । यादव हटेसँगै जनमतलाई संघीय सरकारमा जाने मार्ग प्रशस्त भएको छ । तर लोसपा संघीय सरकारमा नजाने निश्चित भएको छ । लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छैन् ।

संघीय गठबन्धनमा देखिएको परिवर्तनको पभाव मधेश प्रदेशमा परिसकेको छ । नेकपा  एमाले, माओवादी केन्द र जनमत पार्टीले सरकार बनाउने कसरतमा छन् । तर उसलाई नेकपा एस अथवा लोसपाको अनिवार्य साथ चाहिन्छ । नेकपा एस जसपा नेपालसित रहेको छ । लोसपाले एमाले र माओवादी गठबन्धनलाई साथ नदिने संकेत गरिसकेको छ ।

संघीय गठबन्धनको भन्दा मधेशमा जसपा नेपालका अध्यक्ष यादवलाई केन्द्रमा राखेर गठबन्धन हुने गरेको छ । पछिल्लो सरकार गठन भएको झण्डै डेढ वर्षमा मधेश प्रदेशमा मुख्यमन्त्री यादवले ४ पटक विश्वासको मत लिइसकेका छन् । जसपा नेपालका अध्यक्ष यादवले पार्टी विभाजनविरुद्ध दईवटा रिट सर्वोच्चमा दर्ता गरेका छन् । त्यसमध्ये प्रधानमन्त्रीको विश्वासको मत रोक्न आइतवार दर्ता गरिएको रिटको एक पकारले औचित्य नै समाप्त भइसकेको छ ।

प्रधानमन्त्री पचण्डलाई जसपा नेपालबाट विभाजित ७ जना  सांसदले विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस सहितको गठबन्धनमा रहेको बेला प्रधानमन्त्री प्रचण्डको कडा आलोचना गर्ने सर्लाहीका स्वतन्त्र सांसदले पनि यस पटक उनलाई विश्वासको मत दिएका छन् । रौतहटका स्वतन्त्र सांसद एवं आम जनता पार्टी(आजपा)का अध्यक्ष प्रभु साह पनि प्रधानमन्त्रीको पक्षमा मतदान गरेका छन् । मधेश प्रदेशमा पनि चाँडै सत्ता समीकरण बन्ने नेताहरुले जनाएका छन् । त्यसका लागि नेपाली कांग्रेस, लोसपा, जसपा नेपाल र नेकपा एसबीच छलफल सुरु भएको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब