बेलायती होष्टले प्रियाङ्कालाई चियाङ्का भनेपछि...

  • जेठ ११, २०८१ | २०४ पटक पढिएको | सीमा संदेश
alt

लन्डन । भारतकी देशी गर्ल प्रियंका चोपडा हालै लक्जरी ज्वेलरी ब्रान्ड बुल्गारीको १४० औँ वार्षिकोत्सव समारोहमा देखिएकी थिइन् । यस कार्यक्रममा प्रियंकाले बुल्गारीको ज्वेलरी लगाएकी थिइन् ।

उनको लुक सामाजिक सञ्जालमा भाइरल भएको छ । तर यसैबिच भाइरल भएको अर्को भिडियो देखेर भने उनका फ्यानहरू रिसाएका छन् ।

यो भिडियो मार्चतिरको हो । यसमा बेलायती टिभी होष्टले आफ्नो कार्यक्रममा प्रियंकाको नाम गलत उच्चारण गरेको सुनिन्छ । ती होष्टको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

बेलायती टिभी होष्ट एन्डी पीटर्सले मार्चमा ‘गूड मर्निङ ब्रिटेन’ कार्यक्रमका लागि लन्डनको मैडद तुसाद म्युजियममा गएका थिए । कार्यक्रममा एन्डी म्युजियममा राखिएको सेलिब्रेटीहरूको मैनको मूर्तिसँग कुराकानी गरिरहेका हुन्छन् । यसैबिच उनी प्रियंकाको मूर्ति नजिक पुग्छन् । उनले प्रियंका चोपडालाई ‘चियांका चाप फ्रि’ भनेको सुनिन्छ । कयौं पटक प्रयास गर्दा पनि उनले प्रियंकाको सही नाम उच्चारण गर्न सक्दैनन् ।

प्रियंकाका फ्यानहरू यो भिडियो हेरेर भड्किरहेका छन् । एन्डीसँग निकै रिसाएका छन् । केहीले त उनले जानी जानी प्रियंकाको नाम गलत उच्चारण गरेको पनि भनिरहेका छन् । 

प्रियंका छिट्टै हलिउड फिल्म ‘हेड अफ स्टेट’मा देखिँदैछिन् । प्रियंकाबाहेक यो फिल्ममा इदरिस एल्बा, जोन सिना र ज्याक क्विड लगायत हलिउड स्टारहरू पनि देखिनेछन् ।  

धनगढीमा करेन्ट लागेर युवकको मृत्यु

सिरहा माकरेन्ट लागेर एक युवककोमृत्यु भएको छ। जिल्लाको ध ...

छुरी प्रहार गरी युवकको हत्या

जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । ह ...

पेट्रोलमा ५, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ मूल्य घट्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्र ...

चैत्र ३ गते आइतबार, यस्ताे छ तपाईँकाे राशिफल

आज विक्रम संवत २०८१ साल चैत्र ३ गते, आइतबार । ईश्वी सन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब