जसपाको महाधिवेशनमा अध्यक्ष पदका लागि चुनाव हुने

  • जेठ २४, २०८१ | ७५६ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी(जसपा)नेपालको प्रथम महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ ।

वर्तमान अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिए उनको विरुद्धमा उम्मेदवारी पर्ने तयारी गरिएको छ । गैर सरकारी संस्थाको रुपमा स्थापित मधेशी जनअधिकार फोरमदेखि नै यादव हाल सम्म अध्यक्ष रहेका छन् । तर पार्टी पटक–पटक गरी १४ पटक विभाजन भइसकेको छ । कुशल संगठनकर्ता मानिएका यादव भने पार्टीमा फरक धारणा राख्नेलाई दमन गर्ने कारण नै पटक–पटक पार्टी फुटेको उनीमाथि आरोप लाग्दै आएको छ ।

स्रोतहरुका अनुसार जसपा नेपालको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षधरहरुको तर्फबाट राजकिशोर यादव उम्मेदवार हुने बलियो सम्भावना छ । कार्यकारिणी समितिका सदस्य विजयकुमार यादवले लोकतान्त्रिक विधि अनुसार नेतृत्व चयन हुने भएकाले प्रतिष्पर्धा हुनु अस्वभाविक नभएको बताएका छन् । ‘अध्यक्ष लगायत अन्य पदमा पनि प्रतिष्पर्धा हुन सक्छ’ उनले भने, ‘चुनावको सम्भावना छ । तर सर्वसम्मतले नै केन्द्रीय समिति चयनको प्रयास हुने उनले बताए । जसपाको नयाँ विधान अनुसार पार्टीमा अध्यक्षसहित १७ जना पदाधिकारी रहने छन् ।

जसपा नेपालको कार्यकारिणी समितिमा हाल ८ जना मात्र छन् । २२ जना मध्ये अधिकांश पार्टी छाडेका छन् । पछिल्लो पटक अशोक राईको नेतृत्वमा पार्टीका ७ जना सांसदसहित पार्टी विभाजन भएको थियो । त्यस विरुद्ध अध्यक्ष यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी जेठ २५ गते तोकिएको छ ।

महाधिवेशनमा १ हजार प्रतिनिधि रहने बताइएको छ । महाधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक भइसकेको छ । ५ सय स्वयंसेवक र पर्यवेक्षक रहने महाधिवेशन तयारी समितिले जनाएको छ । १ हजार ५ जनाका लागि आवास र भोजनको प्रबन्ध मिलाइएको बताइएको छ । जेठ २७ गते महाधिवेशन उद्घाटन कार्यक्रम रहेको छ ।

३ दिन सम्म चल्ने महाधिवेशनका लागि तिरहुतिया गाछीमा निर्माण गरिएको विशाल पण्डाललाई हावाहुरीले भत्काएको छ । त्यसको पुनःनिर्माणको कार्य सुरु भइसकेको छ । महाधिवेशनलाई सर्वोच्च अदालतबाट आउने फैसलाले पनि प्रभाव पार्ने देखिन्छ । विभाजनको मान्यता दिने निर्वाचन आयोगको निर्णय रद्द भए अलग्गिएकाहरु पनि जसपा नेपालमा नै समाहित हुनुपर्नेछ ।

महाधिवेशनका लागि प्रायःसर्वसम्मतले प्रतिनिधिहरु चयन गरिएका छन् । मधेश प्रदेशको जिल्लाहरुमा दैलो–दैलो पुगेर प्रचारप्रसार गरिदैछ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब