सांसद दासको अभिव्यक्ति रेकर्डबाट हटाइयो

  • जेठ २८, २०८१ | ५७९ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशसभाको बैठकमा नेकपा एमालेका सचेतक लखन दास तत्माले झोसपा भनेपछि विपक्षी दल लोसपा र नेपाली कांग्रेसले आपत्ति जनाएका छन् ।

प्रदेश सांसद तत्माले विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई ‘झोसपा’ भन्दा लोसपा र कांग्रेसका सांसदहरुले आपत्ति जनाए । महोत्तरी अस्पतालमा ८ औं तहको अधिकृतलाई हटाएर सोही अस्पतालमा दरबन्दीमा रहेको १० औं तहको कर्मचारीलाई खटाइएको प्रसंग झिक्दै एमाले सचेतक तत्माले ‘त्यो कर्मचारी लोसपा–झोसपा वा एमालेका नभएर’ सरुवा गरिएको बताए थिए ।

लोसपालाई झोसपा भनेपछि लोसपाका संसदीय दलका उपनेता उपेन्द्र महतो र प्रमुख सचेतक रानी शर्मा तिवारी आपत्ति जनाएका थिए । लोसपा सांसदले आपत्ति जनाइरहँदा कांग्रेसका सांसदहरुले प्रदेश सांसद तत्माको शब्दप्रति आपत्ति जनाए । उपसभामुख बबिताकुमारी राउत इसरले लोसपालाई झोसपा भनिएको शब्द रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् ।

संसद्को रेकर्डबाट उक्त शब्द हटाएपछि विवाद मत्थर भएको थियो ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब