ओभरलोड भएपछि कमला नदीको 'झोलुँगे पूल' पनि बन्द

  • असार ७, २०८१ | ९४२ पटक पढिएको | सीमा संदेश
alt

धनुषा र सिरहा जोडने कमला नदीमा पानीको सतह बढेपछि एक मात्र विकल्पको रुपमा रहेको झोलुँगे पूल पनि बन्द भएको छ । 

१५०० मिटर लामो झोलुँगे पुलमा मोटरसाईकलको ओभरलोड भएपछि दुवै तर्फबाट आवतजावत बन्द गरिएको हो । पुलले थेग्न सक्ने लोडभन्दा अधिक आवतजावत हुन थालेपछि पूल बन्द गरिएको हो । 

स्वयँसेवकमा खटेका स्थानीय विनोद कुमार मण्डलले प्रहरी प्रशासनलाई बारम्बार गुहारेपनि मदत नगरिदिँदा पूल बन्द गर्नुपरेको दुःखेसो पोखे । उनले ४००० जनाको लोड थेग्न सक्ने क्षमता भएको पूलमा मोटरसाईकल अधिक गुडन थालेपछि पूलबाट आवतजावत बन्द गरिएको हो । 

धनुषा तर्फबाट ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरीले मदत गरेपनि सिरहाबाट कुनै प्रहरी मदत नगरिदिँदा भीड अनियन्त्रित भएको हो । भीड बढन थालेपछि पूल ड्यामेज हुन सक्ने असरलाई मध्यनजर गरी पूल बन्द गरिएको मण्डलले जानकारी दिए । 

कमला पूल भाँसिएपछि अहिले सिरहा  धनुषा आवतजावतको लागि भारतको जयनगर वा पूर्वपश्चिम राजमार्गको लामो दुरी तय गर्नुपर्ने बाध्यता भएको छ । कमला नदीमा पानीको सतह बढेपछि बनाईएको अस्थायी पूल समेत भाँसिएको हो । त्यसपछिको विकल्पको रुपमा रहेको झोलुँगे पूलमा व्यवस्थापन नहुँदा सो पनि बन्द भएको हो । 

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको ...

सुक्खाग्रस्त क्षेत्र मधेशमा मनसुन सक्रिय : पानी पर

सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशमा मनसुन सक्रिय भएको छ ...

त्रिशूलीमा खस्यो मिनी ट्रक

नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय मिनि ट्रक त्रि ...

चोरीको सुन खरिद गर्ने पसलेसहित दुईजना पक्राउ

नवलपुर प्रहरीले चोरीको सुन खरिद गर्ने सुन पसलेसहित दुईज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब