सिरहा नगरपालिकाद्धारा १ अर्व ६ करोड बढीको बजेट सार्वजनिक

  • असार ७, २०८१ | ६४५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, ०७ असार । सिरहा नगरपालिकाले स्थानीय संचालन ऐन २०७४ को व्यवस्था अनुसार सिरहा जिल्लामै सबभन्दा पहिले बजेट ल्याउन सफल भएको हो । आर्थिक बर्ष २०८१/०८२ को लागि त्यहाँका जनप्रतिनीधिहरु र कर्मचारीहरुको कुशल कार्य सम्पादनलाई झल्काएको छ । अन्य स्थानीय तहहरु असार १० गते बजेट ल्याउने तरखरमै रहेको बेला सिरहा नगरपालिकाले १ अर्व ६ करोड बढी बजेट ल्याएको हो । 

2

शुक्रबार सिरहा नगरपालिकाका नगर प्रमुख डा. नवीन कुमार यादबले आर्थिक बर्ष २०८१÷०८२ को लागि १ अर्व ६ करोड ६९ लाख ८१ हजार ८९४ रुपैयाँको बजेट ल्याएको हो । नगरपालिकाका जनप्रतिनीधिहरुको सँयुक्त प्रयासले असार ७ गते नै बजेट ल्याउन सफल भएको हो ।

शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखि बजेट सार्वजनिक गरिएको हो । गरिबीको रेखामुनी रहेका नागरिकलाई माथि उकास्नको लागि विभिन्न योजना तहत कार्य गरी समृद्ध तथा समउन्नत पालिका निर्माण गर्ने मेयर यादबले बताए । 

८ औँ नगरसभामा नीति कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख बबिता कुमारी साहले महिला हकहिक, महिला संरक्षण, महिला उद्यमी र महिला सरोकारको विषयलाई नीति तथा बजेटमा समावेश गरिएको बताईन् । उनले न्यायिक समितिमा प्रखर पहुँच बनाउनको लागि नयाँ अभियानहरु समेत सँचालन गरिने बतार्र्ईन् ।

3

उनले महिला अधिकार र महिलाहरुलाई उद्यमी बनाउने मूल लक्ष्यसहित आयआर्जनका नीतिलाई प्राथमिकताका साथ अवलम्बन गर्ने गरी नीति कार्यक्रम ल्याएको बताए । सिरहा नगरपालिकाको नागरिकको लागि आर्थिक समृद्धि मूलमन्त्रलाई आत्मसात गरिने प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताए । 

भौतिक पूर्वाधार क्षेत्रमा तीव्र विकास निर्माण गरेको बताउँदै यसपालीको बजेटलाई किसानमुखी बनाइएको बताए । कृषि क्षेत्रलाई लक्षित गरी नीति योजना सँचालन हुने सके सिरहा समृद्ध हुने विश्वास उनले लिए ।  

4

सभामा सबै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, सम्पूर्ण कर्मचारीहरु, स्थानीय बुद्धिजीवीहरु, राजनीतिक दलका प्रतिनीधिहरुको समेत उपस्थिति रहेको थियो । सभाबाटै सिरहा नगपालिका भित्रका उत्कृष्ट विद्यालय, सामाजिक संस्था, व्यपारी, रिटाइड शिक्षा तथा पालिकाका कर्मचारीलाई पनि सामान गरिएको छ ।

5

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको ...

सुक्खाग्रस्त क्षेत्र मधेशमा मनसुन सक्रिय : पानी पर

सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशमा मनसुन सक्रिय भएको छ ...

त्रिशूलीमा खस्यो मिनी ट्रक

नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय मिनि ट्रक त्रि ...

चोरीको सुन खरिद गर्ने पसलेसहित दुईजना पक्राउ

नवलपुर प्रहरीले चोरीको सुन खरिद गर्ने सुन पसलेसहित दुईज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब