ओली र देउवा बीचको भेटले राजनीति तरंगित

  • असार १६, २०८१ | २७० पटक पढिएको | सीमा संदेश
alt

सत्तापक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच लामो समयपछि भेटवार्ता भएको छ ।

कांग्रेस र एमालेबीच सत्ता सहकार्यको चर्चा भइरहेका बेला अध्यक्ष ओली र सभापति देउवाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको थियो । अध्यक्ष ओली र सभापति देउवाबीच रहेको तित्तता तोड्दै लामोसमयको मौनतापछि संवाद भएको छ ।

काठमाण्डुस्थित बालकोट पुगेका सभापति देउवासंग अध्यक्ष ओलीको शनिबार तीन घण्टासम्म संवाद भएको थियो । राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा हेरफेर र आर्थिक अवस्था सुधारका लागि दुई ठूला राजनीतिक दल मिल्नुपर्ने चर्चा भइरहेको बेला एमाले र कांग्रसका शीर्ष नेताहरूबीच छलफलले राजनीति तरंगित भएको छ ।

सो संवादमा विभिन्न राजनीतिक घटनाक्रम, सरकारबारेसमेत छलफल भएको स्रोतले जनाएको छ । सो संवादमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, एमसीसी परियोजनामा सहमति जुटाउनेलगायत विषयमा छलफल भएको स्रोतको भनाइ छ । डेढ वर्षपछि सभापति देउवा ओलीसंग पारिवारिकरुपमा संवाद भएको थियो ।

अध्यक्ष ओली र सभापति देउवाको शनिबार भएको भेटवार्ताले कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि ढोका खोलेको उच्चस्रोतको दाबी छ । २०७९ मंसिरको निर्वाचनपछि एमाले र कांग्रेसबीच नयाँ सरकारबारे संवाद भएको थियो । तर दुई दलबीच सहमति नहुँदै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमालेसहितको सरकार बनेपछि दुई दलबीच तित्तता बढ्दै संवादहीनताको सिर्जना भएको थियो ।

०८० फागुन ३० गते प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने क्रममा ओलीले विगतमा संवाद गरौँ भन्दा देउवाले अस्वीकार गरेको स्मरणसमेत गरेका थिए । त्यसको केही साता नवित्दै दुई शीर्षनेतृत्वबीच डेढ वर्षको संवादहीनताको अन्त्य गर्दै सभापति देउवाले अब कुराकानी गर्ने जवाफ फर्काएका थिए । गत वैशाखदेखि दुई दलका शीर्ष नेतृत्वबीच पुनः संवाद निरन्तर जारी रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी ७५ औं स्थापना दिवसको अवसरमा एमालेले सभापति देउवालाई महत्वका साथ निम्त्याएको थियो । त्यसपछि एमाले र कांग्रेस क्रमशः नजिकिँदै गएको छ । पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफलको क्रममा सभापति देउवाका पत्नी डा. आरजु राणासमेत उपस्थिति रहेको बताइएको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब