काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै काठमाडाैंमा खोला बस्तीमा नपसेको बस्ती खोलामा बसेका बताउँदै यसरी खोला छेकेर बसेका १५ हजारलाई गिरीबन्धुमा व्यवस्थापन गर्न सकिने बताएका छन् ।
सामाजिक सञ्जालमा उनले बर्षाका कारण काठमाडौँमा खोला छेउमा बसेका दुई हजार परिवार प्रभावित भएको भन्दै गिरीबन्धुमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुनसक्ने भन्दै व्यङ्य गरेका छन् ।
‘काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुनसक्छ’ उनले लेखेका छन् ।
बालेनले ३० वर्षसम्म भोटको राजनीति गरेको आरोप लगाउँदै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाएको भन्दै प्रश्न गरेका छन् ।
बालेनले यसअघि पनि ओलीबारे यस्तै छुद्र टिप्पणी गरेका थिए ।
Copyright © 2020 / 2025 - Seema Sandesh Daily.com All rights reserved