जिल्लाको सिडिओ अफिसहरु खारेजको अभियानमा राजेन्द्र महतो

  • असार २४, २०८१ | ३६४ पटक पढिएको | सीमा संदेश
alt

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले जिल्ला प्रशासन कार्यालय खारेज अभियान सुरु गर्ने जनाएको छ ।

असोज ३ गते संविधान दिवसका दिनदेखि प्रशासन कार्यालय खारेजी अभियान सुरु गर्न लागेको राष्ट्रिय मुक्ति क्रान्तिले जनाएको छ । संविधानले नचिनेको जिल्ला प्रशासन कार्यालय हटाउने अभियान देशैभरि सञ्चालन गर्ने निर्णय भएको छ । हालै सम्पन्न राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले देशभरको जिल्ला प्रशासन कार्यालय खारेजको माग गर्दै अभियान चलाउने, माग अनुसार सो कार्यालय खारेज नभए त्यसको विरुद्धमा सशक्त आन्दोलन गर्ने निर्णय भएको सो क्रान्तिका नेता सन्तोष मेहताले बताए ।

बहुलराष्ट्र स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको कार्यक्रम सम्पन्न गरेको छ । दोस्रो चरणको कार्यक्रमका लागि १५ दिनसम्म तयारी थाल्ने निर्णय गरेको छ । सोका लागि विभिन्न ४५ वटा समिति बनाइएको छ । सो समितिले १५ दिनभित्र आफूले पाएको जिम्मेवारी अनुसार कार्यको तयारी गर्ने बताइएको छ । पाँच खण्डमा गर्ने तयारीमा आन्तरिक विकास तथा सुदृढीकरण गर्नका लागि विभिन्न १६ वटा कार्यक्रम तय गरेको छ । त्यसमा विभिन्न नेतालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै दोस्रोमा आम सहमति तथा सञ्चारका लागि तयारी गर्ने भनेको छ । त्यसको तयारी १० खण्डमा विभाजन गरिएको छ । त्यसमा सञ्चारमाध्यमसँग सम्पर्क बढाउनका लागि विभिन्न संवाद कार्यक्रम गर्नु साथै अन्य माध्यमबाट सम्पर्क बढाउन विभिन्न व्यक्तिलाई बैठकले जिम्मेवारी सुम्पेको छ । अर्थ तथा योजना निर्माणका लागि विभिन्न ६ वटा समिति निर्माणसमेत गरिएको छ ।

आत्मरक्षा तथा सुदृढीकरण तथा विकासका लागि पनि विभिन्न कार्यक्रम तय गरेको छ । सो आत्मरक्षा सुरक्षादस्ता सम्बन्धी कार्ययोजना निर्माण, वाइआइएलको कार्ययोजना निर्माण गर्ने, वाइआएलको एकेडेमी सञ्चालन गर्ने, सांस्कृतिक प्रतिरोध कार्यक्रमको कार्ययोजना तयार गर्नेजस्ता कार्यक्रम छन् । त्यस्तै पाँचौमा उच्च आत्मगत तयारीका साथ विकल्प सहितको विद्रोहलाई अभ्यासमा लैजाने कार्यक्रम तय गरेको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब