जिल्ला प्रशासन सिरहाका प्रशासकीय अधिकृत भवेश झामाथि भ्रष्टाचार मुद्दा दायर

  • असार २६, २०८१ | १६६ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेशकुमार कुसियैतविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतले औषधि खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।

झा अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा प्रशासकीय अधिकृत र सूचना अधिकारी छन् । भ्रष्टाचारसम्बन्धी मुद्दा दर्तासँगै उनी निलम्बनमा परेका छन् ।

आव २०७४०७५ मा गाउँपालिकाले नियोमेड इन्टरनेशनलसँग ५७ प्रकारको औषधिजन्य मालसमान खरिद गरेको थियो । उक्त मालसमानको नियमविपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनविना नै आपूर्तिकर्ताले पेश गरेको बिलबमोजिमकै सम्पूर्ण रकम भुक्तानी दिएको आयोगले ठहर गरेको छ ।

औषधि खरिदमा ६ लाख २० हजार ९६ रुपैयाँ भ्रष्टाचार गरेको र सोबमोजिम बिगो कायम गरी आयोगले उनी दुबै जनाविरुद्ध आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

देशभर गर्मी बढ्यो : पश्चिम तराईमा ४० डिग्री नाघ्यो

वर्षाका गतिविधि रोकिएसँगै देशभर गर्मी बढेको छ । पश्चिम ...

मधेशः लागूऔषध गाँजा तस्करको ‘हब’

मधेश प्रदेशमा लागूऔषध गाँजा तस्करको ट्रान्जिट प्वाइन्ट ...

जम्मुकम्मीर आतंकवादी हमलामा एक नेपालीको मृत्यु, छा

 भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंकका ...

वैशाख १० गते बुधबार, यस्ताे छ तपाईँकाे राशिफल

आज विक्रम संवत २०८२ साल वैसाख १० गते, बुधबार । ईश्वी सन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब