मधेश प्रदेशमा जनमतले हठ त्याग्दा जोगियो सरकार

  • साउन ४, २०८१ | ३८३ पटक पढिएको | सीमा संदेश
alt

केन्द्रीय सत्ता समीकरण फेरबदल भएसंगै मधेश प्रदेशमा उत्पन्न भएको विवाद साम्य भएको छ । सत्ता भागवण्डा अन्तर्गत जनमत पार्टीले आफ्नो हठ नत्याग्दा लामो समयको कलहपछि नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।

मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासका मत लिनका लागि गरेका भद्र सहमतिबमोजिम कांग्रेससंग कार्यान्वयन नगर्दा कलह उत्पन्न भएको थियो । लामो समयको छलफललाई समेत बेवास्ता गर्दा प्रदेशको सत्ता समीकरणमै संकट उत्पन्न हुने अवस्था अन्तिम चरणमा पुगेपछि जनमत पार्टीले आफ्नो सत्ता जोगाउन हठ त्यागेपछि मन्त्रिमण्डलले पूर्णता पाएको छ ।

यस अघि कलहकै क्रममा मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय नदिएपछि काँग्रेस आफ्नै नेतृत्वमा नयाँ सरकारमा बनाउनका लागि तयारी थालिसकेको थियो । काँग्रेसले नयाँ सरकार गठनका लागि नेकपा एमाले र लोसपासँग छलफल समेत गरिरहेको थियो । तर बिहीबार कांग्रेस र लोसपा सिंह नेतृत्वको सरकारमा सहभागी भएका छन् ।

मुख्यमन्त्री सिंहले आफ्नो हठ त्याग्दै विश्वासको मत लिन अघि गरेको भद्र सहमति कार्यान्वयन गर्न तत्परता देखाएसंगै कांग्रेसलाई अर्थ सहित चार वटा मन्त्रालय दिएपछि सरकारमा सहभागी भएको छ । जनमतले हठ त्यागेपछि नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुमार कान्त झाले बताए । यससंगै कांग्रेससंगै लोसपा पनि सरकारमा सहभागी भएको छ ।

नवनियुक्त मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारमा कांग्रेस र लोसपाका मन्त्रीहरुले बिहीबार नै शपथ लिएका छन् ।

मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । प्रदेश प्रमुख भण्डारीले अर्थ मन्त्रीमा रौतहटका सुनिल यादव, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा पर्साका जनार्दन सिंह क्षेत्री, ऊर्जा सिँचाई तथा खानेपानीमन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायातमन्त्रीमा सर्लाहीका कौशल किशोर रायलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी प्रमुख सचेतक रानी कुमारी तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिएकी छन् । कांग्रेसले एक साताअघि नै मन्त्रीको नाम टुंगो लगाइसकेको थियो । तर जनमतले अर्थ मन्त्रालय आफूसँगै राख्न खोजेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो ।

कांग्रेसले अर्थ मन्त्रालय नपाउने देखेपछि मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीसमेत दिएको थियो । बिहीबार कांग्रेसको मधेश प्रदेश कार्यालय जनकपुरधाममा संसदीय दलको बैठक बसेको थियो । संसदीय दलको बैठक बसेकै क्रममा अर्थसहित चार वटा मन्त्रालय दिन जनमत सहमत भएपछि कांग्रेसले नयाँ सरकार बनाउन थालेका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्दै ब्याक भएको थियो ।

सरकार विस्तार र मन्त्रालय भागवण्डाको विषयमा जनमतका अध्यक्ष सीके राउतले गठबन्धन दलका नेताहरुसँग छलफल समेत गरेका थिए । मधेशमा जनमतका सिंह नेतृत्वको सरकारमा एमाले, कांग्रेस र लोसपा सहभागी भएको छ । गठबन्धनमा रहेको लोसपाले दुई वटा मन्त्रालयको अडान राखेको थियो । तर मुख्यमन्त्री सिंहले एउटा मात्रै मन्त्रालय दिन सक्ने स्पष्ट पारेपछि लोसपाका अध्यक्ष महन्थ ठाकुरले तिवारीलाई मन्त्रीका लागि सिफारिस गरे ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब