विशेष सम्पादकीय

  • साउन ६, २०८१ | १,१५८ पटक पढिएको | सीमा संदेश
alt

आजदेखि सीमा सन्देश दैनिक पत्रिका पाँचौ वर्ष पुरा गरेर छैठौँ वर्षमा प्रवेश गरेको छ । संघर्ष र सफलताका यी पाँच वर्षमा सीमा सन्देशसँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिनुभएका सबै पाठक, दर्शक, संघसंस्था, व्यक्तित्व, विज्ञापनदाता, कर्मचारी, पत्रकारलगायत सबै सुभेच्छुकमा सीमा सन्देश परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

साथै वार्षिक उत्सवको यो सुखद अवसरमा आगामी वर्षहरुलाई पनि जनपक्षिय पत्रकारिताको बलियो मिडिया निर्माण गर्न सीमा सन्देश उस्तै लगन र स्वाभिमानका साथ लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछ । गरिब, उपेक्षित र सीमान्तकृत जनताको आवाज बोकेर हिँडिने कुनै पनि पाइला सहज हुँदैन । सीमा सन्देशले पनि आफ्नो पाँच वर्षे यात्रामा अनेकौं कठिनाईको सामना गरेको छ ।

थुप्रै असुविधाको बीचबाट सानो टिमले शुरु गरेको सीमा सन्देशसँग शुरुवातमा आफ्नै विवेक र पसिनाको बल सिवाय केही थिएन । सबैभन्दा ठूलो शक्ति भनेको आत्मविश्वास र जनताको सत्य बोल्ने साहस हो भन्ने विचारलाई पक्रेर सीमा सन्देशले पाँच वर्षसम्म संघर्षका असंख्य पाइलाहरु नेपाली समाजको हाइवेमा दर्ज गरिरह्यो । संचार विस्फोटको आजको युगमा अनलाइन, टेलिभिजन, रेडियो लगायतका  मिडियाको हुलमा छापा र अनलाइन मिडिया पनि दर्जनौंको संख्यामा मिसिन आइपुगेको छ।

सत्यलाई असत्य र असत्यलाई सत्य सावित गर्ने हजारौं प्रयत्न हरेक दिन नेपाली मिडियाको दुनियाँमा ‘बिजनेस’ पनि चलिरहन्छ । यो चुनौतीलाई सामना गर्दै सीमा सन्देशले जनताको सत्य बोल्ने बलियो शक्ति संस्थागत गरेको तथ्य नेपाली जनताका सामु राख्दा आज हामी गौरवान्वित महसुस गरिरहेका छौं ।

तथ्यको हत्या गर्ने र असत्यलाई नक्कली तथ्यको मुखण्डो लगाएर जनतालाई दिग्भ्रमित पार्ने प्रयत्न आज पनि उसैगरी चलिरहेको छ । स्वाभिमान र जनताको सत्यको पत्रकारिता गर्ने सीमा सन्देश जस्ता मिडियालाई पाइलापाइलामा अवरोध खडा गर्ने व्यूह पनि हरेक दिन रचिन्छ । तर सबै चुनौतीको सामना गर्दै अविचलित ढंगले अघि बढिरहेको छ ।

परिवर्तन विरोधी कुलीनहरुले सीमा सन्देशको आत्मविश्वासमा प्रहार गर्न पनि यो बीचमा छाडेनन् र हामीलाई विश्वास छ उनीहरु त्यस्तो कर्म भोली पनि गरि नै रहनेछन् । हामी हाम्रा पाठक, दर्शक र सुभेच्छुकहरुलाई के विश्वास दिलाउन चाहन्छौं भने सीमा सन्देश कुनै पनि चुनौतीका सामु झुक्नेछैन । हामी कुनै प्रकारका प्रलोभन, लालच र विदेशी पैसाको असरमा परेर परम्परागत शक्तिको खेलमा कुनै प्रकारको मोहरा बन्ने छैनौं ।

सीमा सन्देश चुनौतीको पहाड समुन्ने उभिएको त्यो किसान जस्तो हो जसले कुटोले खनेरै पनि यो पहाड छिचोलेर बाटो बनाउने संकल्प लिएको छ । हामी यो सुनाउन पाउँदा गर्विलो भएका छौं कि हामीले वि.सं. २०८० मा आ.व. २०७७÷०७८ को छनोटबाट ‘ग’ वर्गमा वर्गिकृत हुन सफल भएका छौं । सीमा सन्देशलाई जनपक्षिय पत्रकारिताको एउटा पूर्ण मिडिया बनाउने हाम्रो प्रयत्नको यो एउटा नयाँ पहल हो ।

सीमा सन्देश पत्रिका र अनलाइनलाई हामी एक बलियो मिडियाका रुपमा विकसित गर्ने अभियानमा छौं । वैकल्पिक र जनपक्षिय पत्रकारिताको हाम्रो अविचल प्रयत्नलाई भविश्यमा पनि पाठक, दर्शक, सुभेच्छुक, विज्ञापनदाता लगायत सबैले उसैगरी साथ दिनुहुनेछ भन्ने हाम्रो अटल विश्वास छ ।

पाँचौ वार्षिक उत्सवको यो अवसरमा सबैलाई बधाई तथा शुभकामना !

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब