सिरहा, ०७ श्रावण । सफाईकर्मी हटाउने निर्णय नगरपालिकामा भएकै छैन् । कसरी यस्तो हल्ला भयो थाहा भएन् । सिरहा नगरपालिकाले दलित, विपन्न तथा गरिवा परिवारलाई 'एक घर एक रोजागरी' दिने लक्ष्य नै लिएका छन् । तर कसले यसरी हल्ला गरियो थाहा भएन् । यो कुरा सरासर गल्त प्रचार मात्र होे । यो हल्ला पछि नलाग्न नगरवासी तथा कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले अनुरोध गर्नु भयो ।
सिरहा नगरपालिकाले 'एक घर एक रोजागरी' कार्यक्रम कार्यन्वयन गर्न सफाईकर्मिहरुसँग छलफल गरी हाल एकै परिवारबाट रहेका ४ जना सफाईकर्मी मध्ये जसले कार्य गर्न सडकमा आउँदैन्न, त्यसलाई हटाएर नयाँ उनीहरुका छिमेकबाटै जसले रोजागरी पाएको छैन् उसलाई राख्ने निर्णय गरको हो । दैनिक रुपमा कार्य गरिरहकोलाई कसरी नगरपालिका हटाउँछ । के नगरपालिकालाई सरसफाईकर्मी बिना बाटोघाटो सफा रहन्छ । उनीहरुलाई गल्त बुझाई मात्र भएको हो ।
अब एउटै परिवारबाट चार जना सफाई कर्मचारी छन् । त्यस्तबाट एक जनाले मात्र काममा आउँछ । कामै नगरी घरमै बसेर तलब खुवाउने कार्य अब हुदैन् । रोजागरबाट बञ्चित रहेकालाई हामीले रोजागर दिन मात्र खोजेका हौँ यादबले बताए ।
सडकलाई फोहर बनाए हिँडनु आफै माथि किच लेप्नु जस्तै हो । त्यसैले नगरपालिकामा आएर सैहाद पूर्ण वतावरणमा छलफल गरी के गर्दा राम्रो हुन्छ निष्र्कष निकालौँ । यसरी जाथाभावी सडकबाटो दुगन्धित बनाएर कर्मचारी हुने होइन् । कर्मचारी पहिलो सरकार प्रति वफादार हुनु पर्छ । काम गर्नेलाई हटाउने कुरा हुदैन् । तर कार्यबाट सन्तुष्ट पार्न नसक्ने कर्मचारीलाई बसिबसी तलब खुवाउने कार्य यस आ.व.बाटै कतै हुदैन् यादबले बताए ।
Copyright © 2020 / 2025 - Seema Sandesh Daily.com All rights reserved