कमला आसपासको बगरलाई मधेश सरकारले ‘कृषि हब’ बनाउने

  • साउन १०, २०८१ | २९८ पटक पढिएको | सीमा संदेश
alt

धनुषा–सिरहा जोड्ने कमला नदी आसपास रहेको हजारौं विघा जग्गा (बगर)मा तरकारी खेती गर्ने तयारीमा मधेश प्रदेश सरकार जुटेको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंह बुधवार कृषि विज्ञसहितको टोली लिएर धनुषाको कमला नगरपालिकाको बगर निरीक्षण गरे । उनीसँग भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री पनि सहभागी थिए । स्थलगत निरीक्षणका क्रममा उनीहरु तरकारी खेतीका लागि बगर उपयुक्त रहेको निष्कर्षमा पुगेको छ ।

मुख्यमन्त्री सिंह, कृषिमन्त्री श्रेत्री र कृषि विज्ञहरु कमला नगरपालिकाका किसानहरुसँग छलफल समेत गरे । सो क्रममा मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकारले बगर खेती योग्य जमिनको सदुपयोग गर्ने घोषणा गरे । उनले भने, ‘नदीले खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । अब प्रदेश सरकार यसको सदुपयोग गर्छ ।’

कमला नदीको बाढीले धनुषातर्फ किसानका करिब १० हजार बढी खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ । यतिधेरै जग्गा लामो समयदेखि बाँझो छ । बुधवार मुख्यमन्त्री सिंहले बगरमा तरकारी खेती गर्ने योजना सुनाएपछि त्यहाँका किसानहरु खुशी देखिए ।

मुख्यमन्त्री सिंह सप्तरी २ (१) बाट निर्वाचित सांसद हुन् । ‘म प्रायः हुलाकी राजमार्ग भएरै जनकपुरधाम आवतजावत गर्छु,’ उनले सुनाए, ‘यहाँ आउँदा मेरो दिमाग ठ्याक्कै यो बगरतर्फ जान्थ्यो । कस्तो बगर हो ? यहाँ के गर्दा राम्रो हुन्छ  ? सोच्थे । मुख्यमन्त्री भएपछि विज्ञहरुसँग सल्लाह गरे । र, यहाँ तरकारी खेती लगाउने निष्कर्षमा पुगेँ ।’

कमला नगरपालिकामा रहेको बगरबाट तरकारी खेती सुरु गर्ने र पछि विस्तार गर्दै लैजाने सरकारको योजना छ । मुख्यमन्त्री सिंहले भने, ‘यहाँको बगरमा ताल बनाउने, माछा, बाख्रा र भैंसी पालन गर्ने, केरा खेती जस्ता मल्टी प्रपजका लागि खेती गर्ने सोचेका छौं । यसका लागि सबैको सहयोग चाहिन्छ ।’

यहाँ ताल बनाइयो भने वाटर लेभल बढ्ने र यस क्षेत्रको सौन्दर्य पनि बढ्नेछ । पर्यटक समेत तान्न सकिने गरी काम गर्ने मुख्यमन्त्री सिंहले बताए । उनका अनुसार यो बगरलाई सदुपयोग गर्दा धेरैले रोजगारी पाउँछन् । यहाँका किसानहरु पनि समृद्ध बन्छन् ।

बगरलाई ‘कृषि हब’ बनाउन तत्कालै डिपीआरको प्रक्रिया अगाडी बढाउने मुख्यमन्त्री सिंहले बताए । डिपीआर तयार भएलगत्तै मल्टी उद्देश्यले कामको थालनी गर्ने उनको भनाई छ ।

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब