‘व्यवसायीहरुको समस्याप्रति मधेश सरकार गम्भीर’

  • साउन १३, २०८१ | ६१४ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

जनकपुरधाममा शनिबार उद्योग वाणिज्य संघको साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री सतीशकुमार सिंहले आफू व्यवसायीहरुको समस्याप्रति गम्भीर रहेको बताएका छन् । उनले आफू पनि सप्तरीमा उद्योग वाणिज्य संघको सदस्य रहेको बताउँदै मुख्यमन्त्री सिंहले व्यवसायीहरुलाई सीमानाका क्षेत्रबाट सामग्री ल्याउनमा निकै समस्या रहेको बताउँदै मुख्यमन्त्री सिंहले व्यापारीहरुलाई सीमापारबाट सामग्री ल्याउन समस्या भइरहेको, राजस्व वृद्धिले व्यवसायीहरु मर्कामा रहेको, करको समस्या, दक्ष जनशक्तिको अभावसमेत रहेको भने । उनले मधेशमा रोजगारीको समस्या पनि रहेकाले यस प्रति प्रदेश सरकार गम्भीर रहको बताए ।

उनले रोजगारीका लागि धनुषा–सिरहा कमला नदी क्षेत्रमा सयौँ विघा जग्गामा खेतीपाती गरी रोजगारीको सिर्जना गरिने योजना रहेको बताए । उनले सुनकोशी डाइभर्सनले मधेशमा समेत सिचाइँको समस्या हल हुने छ । प्रत्येक वर्ष हुँदै आएका विपदको समस्या समेत यसबाट न्यूनीकरण हुने उनको भनाइ छ ।

उनले मधेशमा पनि अधिकांश कामदारका सवालमा भारतीय नागरिकहरु नै रहेका बताए । मधेश प्रदेशको व्यापार, व्यवसाय, उद्योग संचालनलगायतका सवालमा पनि विशेषगरी कामदारका रुपमा भारतीय नै रहने गरेकाले स्थानीय युवालाई रोजगारीको समस्या भएको समेत बताए । उनले व्यवसायी तथा व्यापारीहरुको हकहितका लागि सकारात्मक रहेकाले नीति निर्माण तहमा सरोकारवाललाई सहभागी गराइने प्रतिवद्धता व्यक्त गरे ।

मधेश प्रदेशको विभिन्न भन्सार नाकाबाट व्यवसायलाई सामग्री भित्रियाउन निकै समस्या र चुनौती हुने गरेको समेत उनले स्मरण गरे । जउवा संघको अध्यक्ष जितेन्द्र कुमार महासेठको अध्यक्षतामा भएको साधारणसभामा विभिन्न वक्ताले शुभकामना मन्तव्य दिएका थिए ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब