अबका केही दिन रातिको समयमा मुसल्धारे वर्षाको सम्भावना

  • साउन १३, २०८१ | ४७४ पटक पढिएको | सीमा संदेश
alt

अबका केही दिन रातिको समयमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

गएराति पनि काठमाण्डौ उपत्यकासहित वागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको थियो । आउँदो बुधबारसम्म नै विभिन्न ठाउँमा राति मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज र भोलि पूर्वी र मध्य तथा मंगलवार र बुधवार पश्चिमी क्षेत्रमा मुसलधारे वर्षाको सम्भावना धेरै छ । अहिले मनसुन न्यूनचापीय रेखा सरदर स्थान आसपासमै रहे पनि मनसुनी गतिविधि भने थप सक्रिय बन्ने देखिएको मौसमविद् महर्जनले बताउनुभयो ।

आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।

यसैबीच सिन्धुपाल्चोकमा पछिल्लो १२ घण्टामा धेरै वर्षा भएकोले मेलम्ची, इन्द्रावती लगायत आसपासमा नदी तटीय क्षेत्रमा दिउँसोसम्म नै सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब