मिटरब्याज पीडितको हत्या, साहुको हात रहेको आरोप दाहसंस्कार रोकेर आन्दोलनको तयारी

  • साउन १६, २०८१ | ३८५ पटक पढिएको | सीमा संदेश
alt

धनुषामा एक मिटरब्याज पीडितको हत्या भएको छ । धनुषाधाम नगरपालिका ३ का अन्दाजी ४५ वर्षीय योगेन्द्र ठाकुरको हत्या भएको हो ।

मिटरब्याज पीडित योगेन्द्रको आफ्नै घरमा सोमवार राति करिब ११ बजे केहि व्यक्ति प्रवेश गरी हत्या गरेको बताइएको छ ।

साहु (महाजन) शिवजी यादवले योगेन्द्रको हत्या गराएको आरोप लागेको छ । योगेन्द्रकी श्रीमती श्याम देवी भन्छिन्, ‘मेरो श्रीमानको हत्या शिवजीले गराएका हुन् । उनले आफ्नो मान्छे पठाएर श्रीमानलाई मरणासन्न पारेर खेतमा फाले । बचाउन पुग्दा मलाई पनि कुट्यो ।’

कुटपिटबाट श्याम देवीको टाउको फुटेको छ । उनले भनिन्, ‘जसोतसो श्रीमानलाई अस्पताल पुर्‍याए । तर श्रीमानलाई बचाउन सकिनँ ।’ महाजनसँग पैसाकै लागि विवाद भएपछि गुन्डा पठाएर श्रीमानको हत्या गर्न लगाएको श्याम देवीले सुनाइन् । महाजनलाई राजनीतिक दल र प्रहरीको संरक्षण रहेको दाबी आफन्तको  छ ।

मृतक योगेन्द्रको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरेर मंगलवार मृतकको शव परिवारलाई बुझाइएको छ । मंगलवार नै उनको जनकपुरधामस्थित स्वर्गद्वारीमा दाहसंस्कार गर्ने तयारी गरिएको थियो । तर घटनाबारे मिटरब्याज पीडित संघर्ष समितिका व्यक्तिहरूले थाहा पाएपछि दाहसंस्कार रोकिएको छ ।

मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानले घटनाको ढाकछोप गर्न हतार हतार मृतक योगेन्द्रलाई दाहसंस्कार गर्न लागेपछि आफूहरूले रोकेर राखेको बताए ।

उनले भने, ‘एउटा मिटरब्याज पीडितको हत्या भएको छ । तर प्रहरीले अहिलेसम्म न आरोपीलाई पक्रेको छ, न उजुरी लिएको छ । घटना लुकाएर हत्यारालाई उन्मुक्ति दिन खोजिएको छ ।’

संयोजक पासवानले योगेन्द्रको हत्यामा शिवजी यादव, मुकेश मुखिया, सुरजि मुखिया नागेस्वर मुखिया, चान्दि मुखिया र मनिष मुखिया संलग्न रहेको आरोप लगाए । उनीहरुले योगेन्द्रलाई नियन्त्रणमा लिएर रड र धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

योगेन्द्र हत्याको विरोधमा मिटरब्याज पीडित संघर्ष समितिले आन्दोलनको तयारी गरेको छ । हत्या जस्तो घटना दबाउन र अपराधीलाई बचाउने प्रयास भएको भन्दै मिटरब्याज पीडितहरूले आज जनकपुरधाममा प्रदर्शन गर्ने बताएका छन् ।

यता, धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले कुटपिटपछि योगेन्द्र घाइते भएको र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए । उनले घटनाको निष्पक्ष छानबिन हुने बताए ।

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब