राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) का प्रवेश यादवले नेतृत्व जमाएका छन् ।
विहिबार सम्पन्न मतदानपछि भएको मतगणनाको परिणामले लोविसंघका सभापति तर्फ प्रवेश यादवले १२० मत प्राप्त गरेका छन् । सँयुक्त विद्यार्थी प्यानलका रवि कुमार साहले ९६ मत प्राप्त गरेका छन् । चर्चामा रहेका नेविसंघका त्रिलोक यादवले भने ७१ मत प्राप्त गरे । विद्यार्थी जनमत सँघका शशिकान्त मण्डलले कुल ३८ मत प्राप्त गरे भने निकटम प्रतिद्धन्द्धी अनेरास्वीयूका श्याम साहले १११ मत प्राप्त गरे ।
यस्तै स्वीयूको सचिवमा अनेरास्वीयूका राजु अधिकारी विजयी भएका छन् । उनले ११० मत प्राप्त गरे भने निकटम प्रतिद्धन्द्धीमा लोविसंघका सुभाषचन्द्र यादवले १०४ मत प्राप्त गरे ।
शुक्रबार विहानसम्म चलेको मतगणनाको मत परिणाम अनुसार स्ववियूको कोषाध्यक्षमा नेपाल विद्यार्थी सँघका शिवशंकर महतो विजयी भएका छन् । मुख्य तीन पदमा तीनै पार्टीका विद्यार्थी नेताहरुले सँयुक्त युनियन बनाएको हो । कोषाध्यक्षको लागि नेविसंघका महतोले ११९ मत प्राप्त गरे भने लोविसंघकी बर्षा कुमारी साहले ९६ मत प्राप्त गरी निकटम प्रतिद्धन्द्धी बन्न सफल भईन्।
यस्तै, सदस्यहरुमा लोविसंघका रामकुमार महासेठ ११५ मत ल्याएर विजयी भए भने अर्का सदस्यमा अनेरास्वीयूका विरेन्द्र यादव, सँयुक्त विद्यार्थी प्यानलकी सृष्टी चौधरी, प्रतिक साह नेपाल लगायतका चुनिएका छन् ।
कुल ४७५ मतदाता विद्यार्थी रहेकोमा विहिबार सम्पन्न मतदानमा कुल ४४४ मत खसेको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved