चकलेटमा भेटियो विषालु ‘टक्सिक मेटल’

  • साउन १८, २०८१ | ५५२ पटक पढिएको | सीमा संदेश
alt

कुनै समय यस्तो थियो, जन्म दिनको उत्सव मनाउन होस् वा कुनै खुसीको क्षणमा अरूसँग आफ्नो खुसी बाँड्न हामी लड्डु वा मिठाई खुवाउँथ्यौं-बाँड्थ्यौं । तर अहिले जमाना फेरिएको छ । हरेक साना ठुला उत्सव वा अवसरमा हामी चकलेट बाँड्छौँ । कयौँ मानिसहरू चकलेटलाई स्वास्थ्यका लागि फाइदाजनक मान्छन् । चकलेट प्रडक्टको अत्यधिक सेवन पनि गर्छन् 

तर, अमेरिकी वैज्ञानिकहरूले गरेको अध्ययनले नतिजाले चकलेट प्रेमीलाई झट्का लाग्ने भएको छ । अध्ययनका अनुसार कयौँ खाले चकलेट प्रडक्टमा विषालु ‘हेभी मेटल’ भेटिएको छ । यी धातुहरू हाम्रो स्वास्थ्यका लागि खतरनाक हुन सक्ने बताइएको छ । अमेरिकाको वाशिंगटन विश्वविद्यालयले गरेको अनुसन्धानमा चकलेटबाट बनाइएका कयौँ उत्पादनहरूमा अत्यधिक मात्रामा सीसा र क्याडमियमजस्ता विषाक्त भारी धातु पाइएको भन्दै न्यूयोर्क पोस्टले एउटा समाचार छापेको छ ।

यस अध्ययनमा वैज्ञानिकहरूले ८ वर्षसम्म कोकोबाट बनेका ७२ थरी उत्पादनहरूको विश्लेषण गरेका थिए । जसमा डार्क चकलेट पनि थियो । शोधकर्ताहरूले अनुसन्धानमा चकलेटबाट बनेका ४३ प्रतिशत उत्पादनमा सिसाको मात्रा तोकिएको सीमाभन्दा बढी रहेको पाए । ३५ प्रतिशत उत्पादनमा क्याडमियमको मात्रा आवश्यकताभन्दा बढी भेटियो । चिन्ताको कुरा त के छ भने अर्ग्यानिक प्रडक्टमा पनि विषाक्त धातुहरू पाइएको छ । चकलेट उत्पादनहरूमा यो विषाक्तता माटोबाट वा चकलेट बनाउने क्रममा भएको हुन सक्ने अनुसन्धानकर्ता बताएका छन् ।

यो अध्ययन विभिन्न ब्रान्ड र प्रकारमा चकलेटमा आधारित थियो । यसमा कयौँ उत्पादनहरूमा तोकिएको मापदण्डभन्दा धेरै मात्रामा विषाक्त धातुहरू पाइयो । सिसा हाम्रो शरीरका लागि निकै विषाक्त तत्त्व हो । यो शरीरमा लामो समय सम्म जम्मा भएर बस्न सक्छ । यसको सम्पर्कमा आउँदा स्नायु प्रणाली, मिर्गौला र मुटुको स्वास्थ्यमा प्रतिकूल असर देखिन्छ । बालबालिकाको शरीरमा पुगेपछि यसले मानसिक विकासमा समेत असर पुर्याउन सक्छ ।

चकलेटमा पाइएको अर्को विषालु भारी धातु क्याडमियमले मिर्गौला र हड्डीलाई असर गर्छ । लामो समयसम्म यसको सम्पर्कमा रहँदा हड्डी कमजोर हुन थाल्छ, मिर्गौलाको रोगसमेत कयौँ गम्भीर रोगहरू लाग्न सक्छ । कोको प्लान्टले जमिनबाटै भारी धातुहरू अवशोषित गर्न सक्ने र यही धातु पछि चकलेटमा पनि सर्ने वैज्ञानिकहरूले बताएका छन् । तपाईँ वा तपाईँका बालबच्चाहरूले पनि अत्यधिक चकलेटको सेवन गरिरहेका पो छन् कि ?यस्तो हो भने चकलेट सेवनप्रति सतर्क रहनुहोला ।

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब