मधेशमा जम्बो मन्त्रिपरिषद्

  • साउन २३, २०८१ | ५३५ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जम्बो मन्त्रिपरिषद् बनाएका छन् ।

१५ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका सिंहले मंगलबार पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् । सत्तारुढ नेपाली कांग्रेसबाट २ तथा जनमत, एमाले र लोसपाबाट १–१राज्यमन्त्री नियुक्त भएका हुन् ।

कांग्रेससबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री नियुक्त भएका छन् । एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास, लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति र जनमतबाट शम्भु साह उद्योग पर्यटन राज्यमन्त्री बनेका हुन् । नवनियुक्त राज्यमन्त्रीहरुले मंगलबार नै शपथ लिएका छन् ।

योसँगै मधेश सरकारको मन्त्रिपरिषद् हिलेसम्मकै ठूलो आकार २० सदस्य बनेको छ ।

मधेशमा मुख्यमन्त्री कार्यालय बाहेक ११ मन्त्रालय छ । यसअघि १५ सदस्यीय मन्त्रिपरिषद् बनेको थियो । मुख्यमन्त्री सिंहले ३ साउनमा कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउँदा पनि सबै मन्त्रालयले नेतृत्व पाइसकेको थियो । सरकारमा जनमतका शुख्यमन्त्री बाहेक दुई मन्त्री, एमालेको चार मन्त्री र दुई राज्यमन्त्री, कांग्रेसको चार मन्त्री र लोसपाको एक मन्त्री थिए ।

तर लोसपालाई एक राज्यमन्त्री दिने मौखिक सहमति मुख्यमन्त्री सिंहले गरिसकेका । लोसपाकी रानी शर्मा तिवारी शिक्षा तथा संस्कृति मन्त्री भइसकेकी थिइन् । लोसपाले पूर्व सहमतिअनुसार राज्यमन्त्री नियुक्त गर्न दबाब दिइरह्यो ।

लोसपालाई राज्यमन्त्री दिन खोजेको थाहा पाएपछि कांग्रेसले पनि दुई राज्यमन्त्री माग्यो । ‘कांग्रेसले दुई राज्यमन्त्री लिए आफूले पनि थप एक राज्यमन्त्री पाउनुपर्ने एमालेले अडान राख्यो । सबैलाई दिनुपर्ने भएपछि हामीले पनि आफ्नो एक राज्यमन्त्री थपेको हौं’ जनमतका एक नेताले भने ।

अहिलेसम्म मधेशमा भएका राज्यमन्त्रीहरुकै भूमिका देखिएको छैन । अब थप राज्यमन्त्री बनाउँदा सरकारको आलोचना हुनसक्ने जनमत पार्टीका एक नेता बताउँछन् । ‘कांग्रेस र एमालेको चेपुवामा सरकार छ । ठूलो मन्त्री मण्डल पनि त्यसकै प्रतिफल हो’ एक नेता भन्छन्, ‘भोलि सरकार डेलिभरी राम्रो दिन सकेन भने यसको दोष जनमतको टाउकोमा थुप्रिने जोखिम छ ।’

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भने सरकारमा जानुअघि नै चार मन्त्रालय र दुई राज्यमन्त्रीमा सरकारसँग सहमति भएको दाबी गर्छन् । ‘चार मन्त्री नियुक्त भएपनि राज्यमन्त्री बाँकी थियो त्यसअनुसार बनको हो’ उनले भने ।

451030398_7825650597562316_3015299687854487028_n

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब