२० सदस्यीय मधेस सरकारमा मुख्यमन्त्रीसहित ६ जना सप्तरीकै

  • साउन २५, २०८१ | ३८७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्रीसहित २० सदस्यीय मन्त्रीमण्डल छ । मन्त्रीहरू धेरै बनाएको भन्दै यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।

सरकारमा २० जना सामेल भएको भन्दै मधेस प्रदेशमा केही युवाले आन्दोलन पनि गरिरहेका छन् । ८ जिल्ला रहेको मधेसमा २० जना मन्त्री हुँदा मुख्यमन्त्रीसहित ६ जना मन्त्री सप्तरीबाटै प्रतिनिधित्व गर्छन् ।

त्यसबाहेक संघीय सरकारमा पनि दुई जना मन्त्री सप्तरीबाटै छन् । यसरी संघ र प्रदेश गरी सप्तरीबाट हाल आठ जना मन्त्री छन् ।

मधेसमा जनमत पार्टीले सप्तरीबाट प्रतिनिधित्व गर्ने सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाएको छ । जनमतले सप्तरीबाटै एक जना मन्त्री र दुई जना राज्यमन्त्री पनि बनाएको छ । जनमतबाट चुनाव जितेका सकिल अलीलाई उद्योग तथा पर्यटनमन्त्री र शम्भुकुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री बनाइएको छ । यस्तै, रञ्जुकुमारी खंगलाई वन तथा वातावरण राज्यमन्त्री बनाएको छ ।

त्यस्तै एमालेले पनि सप्तरीबाट राजकुमार लेखीलाई गृह तथा सञ्चारमन्त्री बनाएको छ । कांग्रेसले पनि सप्तरीबाट मधेस प्रदेशका समानुपातिक प्रदेश सभा सदस्य नीलमकुमारी रजकलाई ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री बनाएको छ ।

कांग्रेस–एमाले गठबन्धनको संघीय सरकारमा सप्तरीबाट दुई जना मन्त्री छन् । कांग्रेसले संघीय सरकारमा सप्तरीबाट तेजुलाल चौधरीलाई युवा तथा खेलकुदमन्त्री बनाएको छ भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सप्तरीबाट संघीय सरकारमा नवलकिशोर साहलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएको छ ।

नवल किशोर साह यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट पनि मन्त्री बनेका थिए ।

तेजुलाल चौधरी पनि एक पटक युवा तथा खेलकुद राज्यमन्त्री भइसकेका थिए ।

संघ होस् या प्रदेश, जुनसुकै सरकार गठन हुँदा सप्तरीबाट मन्त्री बनेकै हुन्छन् । यसअघिको सरकारमा पनि सप्तरीबाट जनमत पार्टी महेश यादव मन्त्री बनेका थिए भने कांग्रेसबाट मो. समिम, नेकपा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने मन्त्री थिए ।

त्यसअघि सप्तरीबाट शैलेन्द्र साह, नवलकिशोर साह पनि प्रदेश सरकारमा मन्त्री थिए । सप्तरीबाट उपेन्द्र यादव, रेणु यादव, मृगेन्द्रकुमार सिंह यादव, जेपी गुप्ता, उमेश यादव, नन्दन दत्त, रामकुमार चौधरीलगायतका नेता पटकपटक मन्त्री बनेका छन् ।

नेपालका लागि सप्तरी राजनीतिको उब्जाउ थलो मानिन्छ । त्यहाँबाट थुप्रै क्रान्तिकारी योद्धाको जन्म भएको छ ।

कतिपय आन्दोलनको सुरुवात सप्तरीबाटै भएको छ । गजेन्द्रनारायण सिंह, जयकृष्ण गोइत, रामराजा प्रसाद सिंह, उपेन्द्र यादव, सीके राउत जस्ता नेता सप्तरीकै हुन् ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब