मधेश सरकारविरुद्ध सिटी जुलूस

  • साउन २९, २०८१ | ३१० पटक पढिएको | सीमा संदेश
alt

मधेश सरकारले जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै समाजवादी युवा सङ्घ र समाजवादी विद्यार्थी युनियनले विरोधमा जनकपुरधाममा सोमबार सिटी जुलूस निकालेको छ ।

जसपा नेपाल निकटको युवा सङ्गठन तथा विद्यार्थी सङ्गठनले संयुक्त रूपमा मधेश सरकारको जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै नगरभित्र सिटी जुलूस निकालेर विरोध प्रदर्शन गरेको हो ।

आफूहरूले कुर्सी जुलुस निकालेर मधेश सरकारलाई जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउनका लागि खबरदारी गरे पनि आफूहरूको माग नसुनेकाले सिटी जुलूस निकालेको समाजवादी युवा सङ्घ मधेशका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताउनुभयो । मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकारसमेत नरहेको भन्दै उहाँले राजीनामा माग गर्नुभयो ।

जनकपुरधामको जनक चाेकबाट शुरू भएको विरोध र्‍याली मधेश भवनतर्फ अगाडि बढ्दा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजे पनि युवा विद्यार्थीले प्रहरीको घेरा निष्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर विरोध गरेका छन् ।

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब