सामुदायिक वनको जग्गा अख्तियारलाई दिने निर्णयको विरोध

  • भदौ ३, २०८१ | ३८१ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरीको नेवारडाँडा कामीडाँडा सामुदायिक वनको जग्गा बर्दिवास नगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयलाई आवास बनाउन दिने निर्णय गरेपछि वन उपभोक्ता समिति र स्थानीयले विरोध गरेका छन् ।

गत साउन २७ मा मेयर प्रल्हादकुमार क्षेत्रीले मालपोत कार्यालय बर्दिवासलाई २५ नम्बर बहादुरगञ्ज साविक गौरीबास–१ को कित्ता नम्बर १ को १२ कट्ठा जग्गा भोगचनल गर्न दिन सकिने भन्दै पत्र लेखेपछि उपभोक्ताले विरोध गरेका छन् । संरक्षणमा लाग्नुपर्ने निकाय नै वन मास्न उद्यत देखिएको भन्दै वनको जग्गा जोगाउन जुनसुकै कदम चाल्ने चेतावनी दिए ।

बर्दिवास–१ र ३ मा पर्ने सो जग्गामा आवास भवन बनाउन भन्दै अख्तियार कार्यालय बर्दिवासले नगरलाई माग गरेपछि कार्यालयकै दक्षिणतर्फको खाली जग्गा दिने भन्दै नगरले अनुमति दिएको थियो । सोजग्गा खुला मञ्च बनाउन आवश्यक रहेको भन्दै स्थानीयले विरोध गरेपछि नगरले वनको जग्गा दिने निर्णय गरेको छ ।

वन संरक्षण गर्नुपर्ने निकायले नै अतिक्रमण गर्ने निर्णय गर्नु लज्जास्पद भएको नेवारडाँडा कामीडाँडा सामुदायिक वनका अध्यक्ष सुदर्शन काफ्लेले बताए । भूमाफियाले पटक–पटक आक्रमण गरेको वनलाई उपभोक्ता समितिले संरक्षण गर्दै आएकाले यसपटक पनि अतिक्रमण हुन नदिन समिति प्रतिबद्ध रहेको काफ्लेले बताए ।

यसअघि उक्त सामुदायिक वन क्षेत्रमा सरोकारवाला निकायमा रहेका जिम्मेवार व्यक्तिले नै हस्तक्षेप गरेर वनभित्र बस्ती बसालिसकेको र वनको जग्गा पटक–पटक बेच्ने गरेकाले हरियो वन नारामा मात्रै सीमित भइसकेको स्थानीय शंकर फुयालले बताए । २०६४ मा बर्दिवास सरेका हेमबहादुर सुवेदी त्यतिबेला बाघ लुक्ने जंगलमा अहिले बस्ती बसिसकेको बताउँछन् ।

वनको नक्सामा रहेको १६ बिघा, ठाडाटोलको १८ कठ्ठा, दोङडाँडाको ५ कट्ठा, गढन्तेडाँडा, बहादुरगन्ज २५ नं. कित्ताको २ बिघा, अफिस डाँडाको ७ बिघा जग्गा सामुदायिक वनले आफ्नो जग्गा दाबी गरिरहेकै अवस्थामा व्यक्तिले आफ्नो भनेर दाबी गर्दै अतिक्रमित गरेर बिक्री गरेका छन् । वन अतिक्रमणविरुद्ध चर्को आवाज उठेपछि ४ वर्षअघि १६ बिघासहित अन्य क्षेत्रमा प्रदेश वन मन्त्रालयसहित वन कार्यालय महोत्तरीले सामुदायिक वनलाई पुन सीमांकन गरेको थियो ।

उक्त सिमानाभित्र पर्ने वनको जग्गा अहिले पुनः नगरपालिकाले अख्तियारले भोगचलन गर्न सक्ने भन्दै मालपोतलाई पत्र लेखेपछि वन मास्न सरोकारवाला नै लागेको भन्दै विरोध हुँदै आएको छ ।

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब