सिरहामा अवैध सुनचाँदीका गरगहनासहित एक युवक पक्राउ

  • भदौ ३, २०८१ | ४४३ पटक पढिएको | सीमा संदेश
alt

सिरहामा अवैध सुनचाँदीका गरगहनासहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको आरूबोटे नगरपालिका–५ बाजघरा घर भई हाल झापाको दमकमा डेरा गरी बसिरहेका २८ वर्षीय रोशन बराईली रहेका छन् ।

प्रहरीले बराईलीलाई सिरहा नगरपालिका–७ महिसोथामा, प्र १–०१–०१४प ४६२५ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा पक्राउ गरेको हो । उनको साथमा रहेको झोलाबाट सुनचाँदीका विभिन्न गरगहना बरामद गरिएको छ ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार बरामद गरगहनामा हरियो पोतेमा जडित सुनको १८ थान माला, रातो पोतेमा जडित ३० थान माला, सेतो मोती मालामा जडित ५ थान माला, खुला चन्द्रमा ६ थान, पोतेमा जडित ८ थान चक्र, र १ थान मंगलसुत्र रहेको छ। बरामद सुनको तौल २६.५ ग्राम रहेको छ, जसको मूल्य ३ लाख ३५ हजार २२८ रुपैयाँ आँकलन गरिएको छ ।

त्यस्तै, प्रहरीले सुनका ६४ थान बाला, ११ थान ब्रासलेट, २९ थान चुरा, र १ थान रड समेत बरामद गरेको छ, जसको तौल २ किलो ६५२.४ ग्राम छ। यसको अनुमानित मूल्य २ लाख १७ हजार ६८० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब