मुख्यमन्त्री कार्यालय अगाडि इन्जिनियरदेखि जनप्रतिनिधिसम्म आन्दोलित

  • भदौ ५, २०८१ | ५३१ पटक पढिएको | सीमा संदेश
alt

धनुषा–सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै इन्जिनियरदेखि जनप्रतिनिधिसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि आमरण अनसन सुरु गरेका छन् ।

सिरहा नगरपालिकाका इन्जिनियर प्रवीणकुमार यादवको अगुवाइमा सिरहा नगरपालिका र औरही गाउँपालिकाका १० जना जनप्रतिनिधि तथा स्थानीयवासी सामूहिक आमरण अनसन थालेका छन् । बाढीले भत्काएको निर्माणाधीन पुलमा अनेकन प्राविधिक त्रुटि रहेको र सो पुलमा मुद्दा पनि चलिरहेको भन्दै मधेश प्रदेश सरकारसंग नयाँ पुल निर्माणको माग्दै सामूहिक आमरण अनसन मंगलबारदेखि थालेका छन् ।

गत असार २७ गते इन्जिनियर यादवको अगुवाइमा मुख्यमन्त्रीलाई ७ दिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाइएको थियो । सो ज्ञापनपत्रप्रति मधेश सरकारले चासो नदिएको भन्दै सामूहिक अनसन गर्नु परेको उनको भनाइ छ । आठौँ दिन बित्नलाग्दा समेत बेवास्ता गरेपछि बाध्य भएर सामूहिक अनसनमा बस्नु परेको इन्जिनियर यादवले बताए । उनले प्रदेश सरकारलाई बारम्बार ताकेता गर्दासमेत संघीय सरकारकै मुख ताक्नु पर्ने प्रवृत्ति गलत रहेकाले आफूहरुले प्रदेश सरकारलाई जिम्मेवार बनाउनका लागि समेत विकास निर्माणमा प्रदेश सरकारको अग्रसरताका लागि समेत आफूहरुले आन्दोलन थालेको स्पष्ट पारे । त्यस्तै चालु आर्थिक वर्षमा सरकारले पुल निर्माणको काम अगाडि नबढाएसम्म सामूहिक अनसन जारी रहने अनसनकारीहरुको भनाइ छ ।

कमला पुल निर्माणको माग गर्दै रामरिझन यादवलगायतका अनसनकारीको समूह विगत १० वर्षदेखि आन्दोलन गर्दै आएका छन् । विभिन्न ठूला दलका नेताहरूका लागि कमला पुल चुनावी बहस मात्र भएको सामूहिक अनसनमा बसेकाहरुको भनाइ छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्रीहरु नारायणकाजी श्रेष्ठ, रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरुले पुलको स्थलगत निरीक्षण गर्दौ वितेको असार मसान्तसम्म पुल बन्ने भने पनि अहिलेसम्म बन्न सकेको छैन ।

औरही गाउँपालिका–३ का वडाध्यक्ष जीवछ यादव, सिरहा नगरपालिकाका–४ का वडा अध्यक्ष सम्साद आलम, औरही–४ का वडा अध्यक्ष सुरेन्द्र यादव, सिरहा–६ का वडा अध्यक्ष इन्द्रजित यादव, सिरहा पुस्तकालयका कार्यबाहक अध्यक्ष भोगेन्द्र साह, इन्जिनियर शिवशंकर यादव, शैलेश गोइत, हिन्दु सम्राट सेनाका मनिष कुमार यादव, सिरहा–८ का वडा सदस्य रूपेश कुमार यादव आमरण अनसनमा बसेका छन् ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब