‘आमरण अनसन स्टन्टबाजी हो’

  • भदौ ५, २०८१ | ६१५ पटक पढिएको | सीमा संदेश
alt

मुख्यमन्त्री सतीशकुमार सिंहले अनसनको कुनै औचित्य नरहेको बताएका छन् । उनले भने, ‘अभियन्ताहरुले प्रदेश सरकारलाई साउन २७ गते एक सूत्रीय माग राख्दै ज्ञापनपत्र बुझाएपछि त्यसको साउन ३० गते मन्त्रिपरिषद्को बैठकद्वारा संघीय सरकारलाई अभियन्ताहरुको मागका बारेमा ध्यानाकर्षण गराइसकेको स्थितिमा सामूहिक आमरण अनसन थाल्नु कुनै औचित्य छैन ।’

मुख्यमन्त्री सिंहले आफूहरुले अभियन्ताहरुको मागको सन्दर्भमा प्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्रालयलाई समेत जानकारी गराइसकेको अवस्थामा अभियन्ताहरुको आमरण अनसन स्टन्ट मात्रै भएको टिप्पणी गरे ।

उनले पूरानो पुलमा मुद्दा चलि राखेको र नयाँ पुलका लागि माटो परीक्षणदेखि डिपीआरसम्मको बजेट विनियोजन, तुरुन्तै हुने होइन, यसका विधि र प्रक्रियाहरु हुन्छ, आउने प्रदेशसभामा पनि आफूहरुले यस सम्बन्धमा छलफल गराउने पक्षमा रहेको अवस्थामा आन्दोलन थाल्नु कुनै अर्थ नभएको प्रस्ट्याए ।

उनले अभियन्ताहरुले सात दिनको अल्टिमेटम दिएको संवेदनशीलतालाई ध्यानमा राखेर नै प्रदेश सरकारले प्राविधिक टोली त्यसतर्फ अध्ययनका लागि लैजाने तयारी गरिरहेको अवस्थामा आन्दोलन थाल्नु सान्दर्भिक नरहेको टिप्पणी गरे ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब