काँग्रेस सभापति देउवाको घर अगाडी शंकास्पद वस्तु फेला, भेटियो माओवादीको पर्चा

  • भदौ ९, २०८१ | ४०४ पटक पढिएको | सीमा संदेश
alt

धनगढी ।  कांग्रेसका सभापति देउवा निवास अगाडि शँकास्पद वस्तु फेला परेको छ । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति करिब १ बजेको समयमा शंकास्पद वस्तु फेला परेको प्रहरीले बताएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले पूरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको पुष्ठि गरेका छन तर उक्त वस्तु के हो ? भन्ने कुरा अहिलेसम्म स्पष्ट उनले बताए ।

उक्त शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको बम  डिस्पोजल टोलीलाई बोलाइने प्रहरीले जनाएको छ अहिले उक्त देउवा निवासमा देउवाका भतिज सुदूरपश्चिमका पूर्व भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवा बस्दै आएका छन  । 

उक्त घटना नेकपा (माओवादी) कैलाली जिल्ला समितिले जनकार्वाही स्वरुप राखिएको बताएको छ । नेकपा माओवादीको केन्द्रिय घोषित कार्यक्रम भ्रष्ट र दलाहरुलाइ कार्वाही गर्ने नितिअनुसार नै गरिएको माओवादी जिल्ला स्रोतले बताएको छ भने घटना स्थलमा नेकपा माओवादीको पर्चा समेत भेटिएको छ ।

मधेश सरकार गठनप्रति एमालेभित्रै असन्तुष्टि

मधेशमा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम ...

प्रदेश प्रमुखले होटलमा प्रदेशको अस्मितालाई समाप्त

मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प ...

कार्तिक २४ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल कार्तिक २४ गते । सोमबार । ईश्वी सन् २०२५ ...

बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच

मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लिएको छ । मधेस प्रदे ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब