गोलबजारमा लुटेरा समूहले कुटपीट गरी धनमाल लुट्यो

  • भदौ १८, २०८१ | ५६० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १८ भदौ। सिरहाको गोलबजार नगरपालिका १ मुक्सार बैहिरीवानमा लुटेराको एक समूहले धनमाल लुटेपाट गरेको छ। स्थानीय जागेश्वर रामको घरमा राती १२ बजेको आसपासमा १२/१५ जनाको समूहमा आएका लुटेराहरुले १२ हजार नगद, सुन र चाँदीका गहनाहरु लुटेर लगेका हुन्।

लुटेरासमूहले जागेश्वरलाई कुटपीटगरी उनको मोवाई नियन्त्रणमा लिएर नगद, चाँदी र सुनका गहना लुटेर लगेको स्थानीय शिक्षक सागर पूर्वेले जानकारी दिए। शिक्षक पुर्वेले जागेश्वरलाई कुटपीट गरेर मोवाईल नियन्त्रणमा लिई सामान लुटेर गरेको र भाग्ने वेलामा भने मोवाईल छोवडेर भागेको भन्ने आफूले जानकारी पाएको बताए।

घटना लगतै मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरे पनि ४ घण्टा पछिमात्र प्रहरी आईपुगेको स्थानीयले बताए। उनीहरुले घटना लगतै मुक्सार प्रहरी चौकीलाई फोनमार्फत घटनाको जानकारी गराएपनि प्रहरी विहान ४ बजे पछिमात्र आईपुगेको दुखेसो गरे।

इलाका प्रहरी कार्यालय गोलजबरलेभने सामान्य चोरीको घटना भएको जानकारी दिए। इलाका प्रमुख इन्सपेक्टर सुनिल कार्कीले ‘सामान्य चोरी भएको भन्ने सूचना आएको थियो, टोलि गएको छ। हामी सोधखोज गर्दैछौं; भने।

उनले आफू अहिले कार्यालय बाहिर रहेकाले घटनाको बारेमा सवै जानकारी प्राप्त नभएको पनि सुनाए।

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब