कमला नदी पार गर्न डुंगामा यसरी मोल्नुपर्छ जोखिम

  • भदौ १९, २०८१ | २५१ पटक पढिएको | सीमा संदेश
alt

हुलाकी राजमार्ग अन्तर्गत धनुषा-सिरहा जोड्ने कमला नदीमा सर्वसाधारणहरु फेरी डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

नदीमा बाढी घटेपछि स्थानीयले डुंगा चलाउन थालेका हुन् । उनीहरू डुंगामा मोटरसाइकल, साइकल र पैदल यात्रीलाई आरपार गर्छन् । साइकल र मोटरसाइकल आरपार गर्दा डुंगा चलाउनेले एक सय रुपैयाँ लिँदै आएका छन् ।

भासिएको कमला पुल अलपत्र परेको छ । पुलको पूर्वतिर कटानगरी नदी बग्न थालेपछि यस वर्ष डुंगा चढ्नुपर्ने अवस्था आएको छ । हुलाकी सडक अति व्यस्त मानिन्छ । तर नदीमा पुल नहुँदा ठूलो सास्ती र जोखिम मोल्नुपरेको यात्रीहरू बताउँछन् ।

डुंगामा ७र८ वटासम्म मोटरसाइकल र दर्जनौँ व्यक्ति चढाउने गरिएको छ । एक त डुंगा जीर्ण, त्यसमा पनि क्षमताभन्दा बढी गाडी र मानिस चढाउने गरेकाले यात्रा गर्दा डर लाग्ने गरेको एक यात्रुले सुनाए ।

‘पुल नभएको अवस्थामा डुंगामा यात्रु ओसार्नु राम्रो कुरा हो,’ जनकपुरधामबाट सिरहातर्फ आएका जयनाथ यादव डुंगा चढेर नदी पार गर्दा भने, ‘पैसा लागे पनि टेन्सन छैन । तर यात्रा सुरक्षित हुनुपर्छ ।’

उनले डुंगाको क्षमता हेरेर कति गाडी र कति मानिस चढाउन पाउने कुरा स्थानीय प्रशासनले तोकेर यात्रा सुरक्षित गर्नुपर्ने बताए । नदीमा यात्रुहरू कसरी यात्रा गर्छ भन्ने कुरामा प्रशासन र सरकारको ध्यान नपुग्नु दुःखद् रहेको उनको भनाई छ ।

‘यात्रुको यति धेरै बढी चाप हुने हुलाकी सडकमा पर्ने नदीमा पुल नबन्नु विडम्बना हो,’ उनले भने, ‘अस्ति ईन्जिनियरहरुले अनसन बस्दा मधेश सरकारले नयाँ पुल बनाउने सहमति भयो । यो सहमति अनुसार तत्कालै पुल निर्माण प्रक्रिया अगाडी बढाउनुपर्‍यो ।’

इजरायल-इरान युद्धमा दुवैतिर जितको खुसी: आणविक कार्

इजरायल र इरानबिचको युद्धको १२औं दिन मंगलबार युद्धविराम ...

असार ११ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ११ गते । बुधबार । ईश्वी सन् २०२५ जु ...

कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत फेला

 कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा ...

इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

इजरायलले आक्रमण रोके युद्धविराम गर्न आफूहरू तयार रहेको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब