आपराधिक उपद्रव मुद्दाको आरोपमा साह पक्राउ

  • भदौ २०, २०८१ | ६६५ पटक पढिएको | सीमा संदेश
alt

सरकारी कागजपत्र च्यातेको तथा कार्यालयमा अशान्ति मच्याएको आरोपमा बुधबार सप्तरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

राजविराजस्थित नापी कार्यालय सप्तरीमा कर्मचारीहरुसंग दुव्र्यवहार गरी कागजपत्रसमेत च्यातेको आरोपमा सप्तरीको रुपनी गाउँपालिका– १ का ४० वर्षीय प्रमोद साह “राणा” लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सो कार्यालयमा गएर कर्मचारीलाई दुव्र्यवहार गर्नुका साथै कार्यालयको क्षेत्रीय बुकसमेत च्यातेर फ्यालेको आरोपमा साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले बताए ।

उनीमाथि आपराधिक उपद्रव मुद्दा चलाइएको छ भने सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका साह मिटरब्याजी बिरुद्ध गठित संघर्ष समितिमा पनि छन् । उनले नापी कार्यालयमा कर्मचारीले सेवाग्राहीसंग घुस मागेको विषयमा प्रश्न उठाउँदा र भिडियो बनाउन खोज्दा अचानक प्रहरी आएर आफूलाई पक्राउ गरेको दाबी गरेका छन् ।

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब