गर्मि बढेसँगै आँखाका विरामी संख्या उच्च, एकै दिनमा शिविरमा ८०५ जनाका जाँच

  • भदौ २५, २०८१ | ४५३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २५ भदौ । तराई मधेशमा केही दिन देखी बढेको गर्मिका कारण आँखाका विरामीको संख्या उच्च देखिएको छ । सिरहा नगरपालिका वडा नं. २ मा हेल्पिंग हर्ट संस्थाद्धारा आयोजना गरिएको आँखा शिविरमा एकै दिनमा ८ सय ५ जनाले आँखा जाँच गराएका छन् ।

सिरहा नगरपालिका वडा नं. १ मा रहेको आँखा उचार केन्द्र नजिक भएपनि यति धेरै संख्यामा आँखा विरामी हुनु गर्मिकै कारण आँखामा समस्या देखिएको वडा नं. २ को वडाअध्यक्ष राकेश यादबले बताए । 

आँखा संक्रमणका विरामी संख्या वृद्धि भईरहेको वेला वडालाई लक्षी गरी शिविर संचालन गरी सहयोग गरेकोमा हेल्पिंग हर्ट संस्थालाई वडाअधयक्ष यादबले धन्यवाद दिइए । मोतिया विन्दु जस्ता रोगबाट संक्रमितहरुलाई लहानको चौधरी आँखा अस्पतालमा अपरेशानका लागि सम्पूर्ण व्यवस्था मिलाउन यादबले बताए ।

457250170_1502680117032235_6883485341666862255_n

शिविरमा जाँच गराएकाहरुबाट कुनै पनि शुल्क नलिई युएसेबाट आएको आर्थिक सहयोगबाट शिविर संचालन गरिएको आयोजक संस्थाको उपाध्यक्ष मो. कलहाले बताए ।

शिविरमा १ सय ५ जनामा मोतिया विन्दु  रोग भेटिएको, २ सय ४० जनामा सामान्य आँखा पाक्ने जस्ता विरामीलाई औषधी वितरण गरेको र ४ सय ६० जनालाई जाँच गरी सल्लाह सुझाव दिइएको कलहाले जानकारी दिनु भयो।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब