सेलेना कान्छी अर्बपति

  • भदौ २६, २०८१ | ४५४ पटक पढिएको | सीमा संदेश
alt

विश्वचर्चित पप स्टार तथा अभिनेत्री सेलेना गोमेज अमेरिकाको कान्छी अर्बपती महिला बनेकी छन्। सौन्दर्य सामग्री उत्पादक कम्पनी द रेयर ब्युटीको संस्थापकसमेत रहेकी ३२ वर्षिया सुन्दरी सेलेनाको सम्पत्ती कुल १.३ बिलियन अमेरिकी डलर रहेको छ।

सेलेना अर्बपतिको सूचिमा आउनुको प्रमुख स्रोत भने उनको ब्युटी ब्राण्ड हो। जुन उनले सन् २०१९ मा स्थापना गरेकी थिइन्।

विश्वका ५ सय धनाढ्यको कूल सम्पत्तिको दैनिक रुपमा  र्‍याङ्किङ गर्ने वेबसाईट ब्लुमवर्गको रिपोर्टअनुुसार सेलेनाको सम्पत्तिको ८० प्रतिशत हिस्सा उनको ब्राण्डले ओगटेको छ भने बाँकी उनको गीत संगीत र कन्सर्ट रहेको छ। तथ्याङ्कअनुसार पछिल्लो १२ महिनामा उनको ब्राण्डले ४ सय मिलियन डलरको सामान बिक्री गरेको छ ।

सन् १९९२ मा अमेरीकाको ग्राण्ड प्रेरी टेक्सासमा जन्मिएकी उनले सात वर्षको उमेरमा बाल टेलिश्रृंखला बार्नी एण्ड फ्रेन्ड्सबाट अभिनय यात्रा सुरू गरेकी थिइन्। किशोरावस्थामा पुगेपछि उनी विजार्डस् अव वेभर्ली प्लेस एलेक्समा रुसोको भूमिकामा अभिनय गरेर चर्चामा अँएकी थिइन्।

उनले टेलिभिजनका साथै एनादर सिन्ड्रेला स्टोरी, रमोन एण्ड बिजस, स्प्रिङ ब्रेकर्स, द डेड डोन्ड डाई, अ रेनी डे ईन न्युयोर्कजस्ता फिल्ममा अभिनय गरेकी छन्। सेलेना सामाजिकसञ्जाल ईन्स्टाग्राममा दश मिलियन फ्लोअर्स कमाउने पहिलो सेलिब्रेटी हुन्।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब