जउवा संघको अध्यक्षमा भण्डारी, समावेशी नेतृत्व, वरिष्ठ उपाध्यक्षमा फराकिलो मतान्तर

  • भदौ ३१, २०८१ | ४०९ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम् प्रतिद्वन्दी मनिष रमण साहलाई ७२ मतले पराजित गर्दै १ हजार ६ सय ४४ मत ल्याएर जित हासिल गरेका छन् । उनका प्रतिद्वन्दी मनिषले १ हजार ५ सय ७२ मत पाएका छन् । तेस्रो उम्मेदवार जितेन्द्र प्रसाद साहले २ सय ९३ मत प्राप्त गरेका छन् ।

अध्यक्षमा ६३ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललितकुमार साहले जनाएका छन् । गत चुनावमा मनिषले वरिष्ठ उपाध्यक्षमा भण्डारीलाई पराजित गरेका थिए । संघको वरिष्ठ उपाध्यक्षमा मनोज साह आफ्ना प्रतिद्वन्दी अम्भुप्रसाद साहसँग ६ सय ८५ मतान्तरले विजयी भएका छन् । उनले १ हजार ८ सय ११ मत ल्याएर जित हात पार्दा उनका प्रतिद्वन्दी अम्भु प्रसाद साहले १ हजार १ सय २६ र विकास कुमार चौधरीले ५ सय ५० मतमा चित्त बुझाए ।

त्यस्तै उपाध्यक्ष पदमा भने लक्ष्मण साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । महिला उपाध्यक्षमा रिंकु शाह १ हजार ६ सय ७२ मत ल्याई विजयी भएकी छन् । उनका प्रतिस्पर्धी माया साहले १ हजार १ सय ४४ र सरिता ठाकुरले ६ सय ५५ मत पाएकी छन् । त्यस्तै महासचिवमा फुलदेव पण्डितले १ हजार ५ सय ८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी सुधिर पजियारले ७ सय ८९ मत ल्याए ।

अशोक चौधरीले ६ सय १९ र गणेश कुमार साहले ५ सय ५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै सचिव पदमा नरेन्द्र विक्रम साह (निरज)ले १ हजार ३ सय ९६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी गोपी कुमार साहले ९ सय ४१ मत प्राप्त गरे । त्यस्तै कोषाध्यक्ष पदमा भने परमेश्वर साहले १ हजार ४ सय ४३ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी मनोज कुमार शर्माले ९ सय ४८ मत प्राप्त गरे ।

संघको सम्बद्ध सदस्यमा रेडिमेड संघका अभय मुरारका निर्वाचित भएका छन् । रेडिमेड, सुनचाँदी र पोल्ट्रिफर्म गरी तीन वस्तुगत मतदाता रहेको सो सदस्यका लागि रेडिमेडबाट मुरारका र एकजना सुनचाँदीबाट दुईजना उम्मेदवार थिए । पोल्ट्रिफर्मले रेडिमेडलाई मत दिएपछि मुरारका विजयी भएका हुन् । एसोसिएट सदस्यमा अभिषेक कुमार चौधरीले १ सय २५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका एकमात्र प्रतिद्वन्दी दिपक साहले ६० मत पाए । जनकपुरधाम उद्योग वाणिज्य संघमा जम्मा ४ हजार ७६ मतदाता थिए ।

शनिबार भएको मतदानमा ३ हजार ५ सय ७४ मत खसेको थियो । सदस्यहरुको परिणाम सोमबार बिहानसम्म आउने बताइएको छ । निर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा भण्डारी(माली), वरिष्ठ उपाध्यक्ष साह(सुडी), उपाध्यक्ष लक्ष्मण साह (तेली), महासचिव फुलदेव पण्डित (कुम्हार), सचिव साह (कलवार) र कोषाध्यक्ष साह (तेली) रहेका छन् । एसोसिएट र वस्तुगत सदस्यमा मारवाडी निर्वाचित भएका छन् ।

अध्यक्ष निर्वाचित भण्डारी नेकपा एमालेका जनकपुरधाम उपमहानगरपालिकाको अध्यक्ष पनि हुन् । उनी बाहेक अन्य पदाधिकारीहरु नेपाली कांग्रेस प्यानलबाट निर्वाचित भएका हुन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब