श्रीमतीलाई दिनमै १०० पटक फोन गर्ने पुरुष पक्राउ

  • असोज २, २०८१ | ४४७ पटक पढिएको | सीमा संदेश
alt

गत जुलाई १० मा जापानको ह्योगो प्रान्तको अमागासाकीमा बस्ने ३१ वर्षीया युवतीलाई अनौठोसँग फोनकलहरू आउन थाले ।

उनले फोन उठाएसँगै त्यसरी फोन गर्ने व्यक्ति नबोलेर चुपचाप बस्थ्यो र युवतीले रिसाएर फोन नकाटुन्जेलसम्मै कुनै प्रतिक्रिया दिन्नथ्यो।

यो क्रम हप्तौंसम्म चलिरह्यो । उनलाई विभिन्न नयाँ-नयाँ अपरिचित नम्बरबाट फोनकल आउने गर्थे। त्यसैले उनले कुनै एउटा नम्बरलाई ब्लक गर्न पनि सम्भव भएन ।

एक दिनमै उनलाई दर्जनौं फोन कलहरू आउँथे । कहिलेकाही त ती कलहरूको संख्या १०० भन्दा बढी पुग्थ्यो । तर, धन्न रातको समयमा भने उनलाई फोन आउन्नथ्यो । उनी पतिसँग फोनमा भिडियो गेम खेलिरहेको बेलामा पनि त्यस्तो अपरिचित फोन आउन्नथ्यो।

दिउँसको समयमा दिक्क लाग्नेगरी रहस्यमय तरिकाले सयौं फोनहरू निरन्तर आउन थालेपछि त्यस्तो रहस्यमय फोन गर्ने व्यक्ति को हुनसक्छ भन्ने कुराले उनलाई सोच्न बाध्य बनायो।

जुलाइबाट सुरु भएको त्यो क्रम अगस्टसम्म आइपुग्दा उनले आफूलाई फोन गरेर दिक्क पार्ने व्यक्तिलाई पक्रिने निधो गरिन् । उनले जति-जति आफूलाई आउने फोनकलहरूको प्रारुपको विश्लेषण गरिन्, त्यति नै उनलाई आफ्नै श्रीमान्‌प्रति शंका बढ्न थाल्यो। किनभने रातको समयमा पति आफूसँगै भएको बेला वा श्रीमानसँग फोनमा गेम खेलिरहेको बेलामा मात्रै उनलाई फोनकल आउँदैनथ्यो।

अन्ततः उनले प्रहरीको सहयोग लिने निर्णय गरिन् । प्रहरीसमक्ष उनले आफूले गरेको शंकाका बारेमा बताइन् र आफूलाई त्यसरी फोनकल गर्ने व्यक्ति आफ्नै लोग्ने रहेको हुनसक्ने आशंका पनि जनाइन् ।

त्यसपछि प्रहरीले अनुसन्धान सुरु गर्‍यो । गहन अनुसन्धानपछि अधिकारीहरूले ती युवतीको शंका सही भएको पुष्टि गरे । फलतः सेप्टेम्बर ४ का दिन अमागासाकीमा उनका श्रीमानलाई पक्राउ गरियो ।

लुकिछिपी कसैको पछि लागेर सताउने कार्यविरुद्धको कानुन अर्थात् एन्टी स्टाकर कानुन अन्तर्गत उनलाई पक्राउ गरिएको हो ।

प्रहरीसँगको बयानमा ती युवकले आफूले पत्नीलाई निकै धेरै माया गर्ने भएकाले उनलाई थाहै नदिई फोन गर्ने गरेको र त्यो आफूले पत्नीप्रति गर्ने प्रेमको प्रमाण रहेको बताए ।

जापानमा विवाहित जोडीहरू जागिरलगायतका कारणले अलग-अलग बस्ने कुरा सामान्य जस्तै हो ।

जापानीहरू कामप्रति अत्यधिक लिप्त हुँदा उनीहरुको वैवाहिक तथा व्यक्तिगत जीवनमै नकारात्मक असर पर्ने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

कहिलेकाहीँ यस्तो अवस्थाले जीवनसाथीमा यति धेरै इर्ष्या पैदा हुन्छ कि उनीहरू अर्को साथीसँगको सम्बन्धलाई पछ्याउन थाल्छन् । तर, यसरी एउटै घरमा बस्ने जोडीबीच समेत फोन स्टकिङको घटना बाहिर आएको यो पहिलो घटना भएको अमागासाकी प्रहरीले जनाएको छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब