जानकी मन्दिरमा फेरि सुनको गरगहना चोरी

  • असोज ३, २०८१ | ४१७ पटक पढिएको | सीमा संदेश
alt

हिन्दूहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरको भित्री भागमा फेरि चोरी हुन थालेको छ । तीर्थयात्री श्रद्धालुहरुको घाँटी, कान, नाकबाट सुनका गरगहनाहरु चोरिने क्रम बीचमा रोकिए पनि बुधबार देखि फेरि चोरी हुन थालेको छ ।

मन्दिरको गर्भगृह अगाडि रहेको दर्शनगर्ने स्थलमा सुनको गरगहना लुटिए (स्नेचिंग)पछि श्रद्धालुहरुमा नकारात्मक सन्देश गएको छ । बुधबार जानकी मन्दिरमा भीडभाडका कारण गर्भगृह अगाडि लगाइएको फलामे बार्केट हटाउँदा आधा दर्जन महिलाको सुनको आँैठी, सिक्रिदेखि गरगहनासम्म चोरी भएको जनाएको छ । पछिल्लो पटक आरती पूजा भइरहेको बेला दुईजना श्रद्धालु महिलाको घाँटीबाट सुनको सिक्री चोरिएको थियो ।

भारतबाट जानकी मन्दिर दर्शन गर्न आएको ५४ जनाको समूहमा रहेका महिलाहरु मध्ये दुईजनाको घाँटीको सुनको सिक्रि लुटिएको थियो । त्यसपछि मन्दिर परिसरमा र गर्भगृह अगाडि समेत सिसिटिभि क्यामेरा जडान गरिएको थियो भने फलामे बार्केट लगाइएपछि चोरी न्यूनीकरण भएको थियो । तर बुधबार जानकी मन्दिरमा श्रद्धालु भक्तजनहरुको अत्यधिक भीडभाड थियो । सो क्रममा बार्केट हटाइएपछि चोरीको घटनामा वृद्धि भएको स्थानीय एक महिलाले बताइन् ।

यस प्रकारको घटना नियमित भइरहे पछि मन्दिरमा पर्याप्त सीसी टीभी क्यामरा जडान गरिएको छ । तर गर्भगृह अगाडि दर्शन गर्ने ठाउँमा सीसीटीभी कैमरा जडान गरिएको थिएन । मन्दिरमा श्रद्धालुहरुको सुरक्षा र मार्गदर्शनका लागि पर्यटन प्रहरीको बिट भित्री परिसरमा नै राखिएको छ । मन्दिरको बाहिरी परिसरको विवाहमण्डप परिसरमा जानकी प्रहरी चौकी रहेको छ । हाल सम्म मन्दिरमा श्रद्धालुहरुको चोरिएको सुनचाँदीको गरगहना बरामद भएको छैन् । न, त चोर नै समातिएको छ ।

मन्दिरको मुख्यद्वारसँगै रहेको तल्लो भागको कोठामा पर्यटक प्रहरी राखिएको छ । त्यो कोठादेखि १५ मिटरको दूरी भित्र नै स्नेचिंग हुने गरेको छ । तर प्रहरीले आज सम्म स्नेचिंगगर्नेको पहिचान समेत गर्न सकेको छैन । प्रहरीको भूमिकामाथि कतिपयले प्रश्नसमेत उठाउँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सुनको सिक्री चोरी गर्नेलाई चाँडै पक्राउ गरी चोरीएको गहना बरामद गर्ने दाबी गरे । प्रहरी उपरीक्षक तिवारीले बार्केट हटाउनु परेको कारण र चोरी भएको घटनाबारे अनुसन्धान थालिने भन्दै तत्काल चोरी नियन्त्रण गर्ने बताए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब