छब्बीस बाक्सा पटाका बरामद

  • असोज ६, २०८१ | ५८७ पटक पढिएको | सीमा संदेश
alt

 बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका सिराहबाट भुस्सा लोड गरी काठमाडौँतर्फ आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा लुकाइछिपाई ल्याएको २६ बाक्सा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठकानुसार जोकर लेखिएको प्रतिप्याकेटमा ८० का दरले पाँच बाक्सामा चार सय प्याकेट, हाईस्पेड स्पिनर चक्र लेखिएको प्रतिबाक्सा दुई सय ४० बण्डलका दरले पाँच बाक्सामा गरी एक हजार २०० प्याकेट र प्रतिप्याकेट १५ पिसका दरले ४८ प्याकेटको सिङ्गल रकेट लेखिएको दुई बाक्सा बरामद भएको हो ।

यस्तै, खुर्सानी  लेखिएको पटाका १४ बोरामा प्रतिबोरा १७–१८ का दरले जम्मा दुई सय ३९ बण्डल (प्रतिबण्डलमा ५० प्याकेट र प्रति प्याकेटमा २४ पिसका दरले) गरी दुई लाख ८६ हजार आठ सय पिस बरामद गरिएको प्रहरीले जनाएको छ । यसरी लुकाइछिपाई पटाका पटाकासहित ट्रक नियन्त्रणमा लिए पनि ट्रकचालक भने फरार रहेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब