स्थानीय तह संस्थागत स्वमूल्यांकनमा सिरहा नगरपालिका जिल्लामै उत्कृष्ट

  • असोज १०, २०८१ | ८२८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १० असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) को गुणस्तर परीक्षण आर्थिक वर्ष २०७९/०८० मा सिरहा नगरपालिका सिरहा जिल्लाकै उत्कृष्ट पालिका भएका छन् । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा १० वटा सूचकमा एक सय भन्दा बढी प्रश्नहरुका जवाफ र प्रमाण दिइएका थिए । सिरहा नगरपालिकाले विभिन्न सूचंकमा ९ देखि १६ अंकसम्म रहेको अंकभारबाट ७७ं.७५ प्राप्त गरी उत्कृष्ट बनेको हो ।

भनिन्छ, संस्था पदिय हैसियतमा टिकन सक्दैन, संस्था टिकाउन तथा गुणस्तरीय सेवा प्रवाहका लागि अनुभव, कार्यकूलता र योग्य व्यक्तिहरुका समूह चाहिन्छन् । एउटा प्रादेशिक संसद क्षेत्र रहेको २२ वडाका सिरहा नगरपालिका कुशलता पूर्वक संचालन गरी सिरहा जिल्लकै उत्कृष्ट रुपमा चिनाउनु सामन्य कुरा होइन् । शैक्षिक, आर्थिक र राजनीतिक रुपमा पछाडि रहेका सिरहा नगरपालिकालाई लक्ष्यमा पुगाउन सामन्य प्रयासले पकै भएको होइन् । यो प्रगतिले कर्मचारी, जनप्रतिनिधि तथा नगरवासिलाई खुशी प्रदान गरेसँगै स्थानीय सरकार प्रति थप जिम्मेवार बनाई बनाएका छन । 

स्थानीय सरकारमा कर्मचारी व्यवस्थापन गर्न अहिलेको अवस्थामा सबभन्दा ठुलो चुनौती छ । संघिय सरकारले पनि कर्मचारी व्यवस्थापनका लागि विभिन्न प्रयासहरु गरी नै रहेका छन् । तर पनि स्थानीय सरकारमा कर्मचारी आवश्यकता अनुसार व्यवस्था गर्न सकिरहेको छैन्। भएका कर्मचारीहरुलाई पनि व्यवस्थापन गरी टिकई राख्न सकिरहेको छैन् ।

सिरहा नगरपालिकामा २०७४ देखि हाल सम्म प्रमुख प्रशासकीय रुपमा १० भन्दा बढी आए र एक त्रेमासिक पनि नचालाई फर्केर गए । चुनौतिहरुका बिचमा निमितकै रुपमा भएपनि बलिराम यादबले पटक-पटक नगरपालिका जिमेवारी सम्हाली नगरवासिलाई नगरपालिका प्रतिको विश्वासलाई सधैँ भरी कायम राखे । उहाँको व्यवस्थाकीय कार्य कुशलताकै कारण आज सिरहा नगरपालिका जिल्लकै उत्कृष्ट भएको छ । निमित भएर कार्य गरेपनि चुनौतिहरु काम थिएन् । तर पनि आजको दिनमा सबित गरेर देखाए, संगठन पदवोहदा भन्दा अनुभव, कार्यकुशलता र जिम्मेवार भए मात्र सफलता प्राप्त हुन्छ । अहिले पनि यादब नगरपालिकामा १८ घण्टा नगरवासिलाई सेवा दिईरहेका छन् ।

शासकीय प्रवन्धमा ८.५, संगठन तथा प्रशासन ५,वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८.५,  वत्तीय एवंम् आर्थिक व्यवस्थापन १०, सेवा प्रवाह ११.५, कार्यसम्पादन ६.५, भौतिक पूर्वाधार ११.५, सामान्जक समावेशीकरण ७.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५.५ र सहकार्य र समन्वय ३.२५ अंक प्राप्त गरेका छन् ।

सबभन्दा बढी अंक  सेवा प्रवाह र भौतिक पूर्वाधार अन्तर्गत प्राप्त गरेका छन् । सिरहा नगरपालिका सेवा प्रवाह सबभन्दा बढी गुणस्तर रहेको स्पष्ट देखिन्छन् । 

सिरहा नगरपालिकाले पाएको सफलता कुनै एक व्यक्तिबाट प्राप्त भएको छनै । यो सफलता कर्मचारी, जनप्रतिनिधि तथा नगरवासिहरुका अथक मेहनत र सहयोगले प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताए । आगमी दिनमा पनि यस सफलतालाई अझ उच्च स्थानमा कायम राख्न जनप्रतिनिधि तथा कर्मचारीहरुले समन्वयकारी भुमिकामा रही कार्यसम्पादन गरी आगडी बढनु पर्नेमा यादबले जोड दिनु भयो ।

461271202_1224870842187049_3078342512914130290_n

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब