झण्डा खरिदमा भ्रष्टाचार भएको आरोप सहित अख्तियारमा उजुरी

  • असोज १२, २०८१ | ४५९ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह कानुनको दायरा भन्दा बाहिर रहेको साबित गर्न थालेका छन् ।

किर्ते जन्मदर्ता बनाएर नक्कली पिता भइ किर्ते नागरिकता र राहदानी समेत बनाउँदा कारबाहीको दायरामा नआएका मेयर सिंहले महानगरमा हुने खरिदमा समेत भारी अनियमितता गरिरहेका छन् । मेयर सिंहले महानगरको प्रमुख भारत प्रवेशद्वार लगायतका केही स्थानमा नेपालको राष्ट्रिय झण्डा लगाएका छन् । तर ३–४ हजार अधिकतम् मूल्य पर्ने सो झण्डाहरुको महानगरपालिकामा ३५ हजारको दरले बिल पेश गरी भुक्तानी लिइएको छ ।

मेयर सिंहको आफ्न्तको नाममा रहेको फर्मले सप्लाइ गरेको झण्डाको मूल्य ३५ हजार राखेर बिल बनाइएको छ । घाम र पानी लाग्ने खुल्ला स्थलमा राखिएको झण्डा वर्षमा २–३ पटक सम्म फेर्नुपर्ने हुन्छ ।तर हरेक पटक राष्ट्रिय ध्वजा फेरिदा ३५ हजार प्रति ध्वजाको बिल बनाइने गरिन्छ । महानगरका मेयर सिंहले राष्ट्र–राष्ट्रियतामाथि प्रहार गरेको भन्दै सचेत नागरिकले मुद्दा नै दर्ता गराएका छन् ।

राष्ट्रियताको शान र मुलुकको पहिचानको रुपमा रहेको रष्ट्रिय झन्डा समेतमा भ्रष्टाचार र अनिमितता गरेको भन्दै उनीमाथि मुद्दा दर्ता भएको हो । वीरगञ्ज महानगरपालिकाद्वारा राष्ट्रियझण्डा फेर्नमा समेत भ्रष्टाचार गरेको भन्दै वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह सहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गरिएको छ ।

मुलुकको आर्थिक नगर र प्रमुख प्रवेशद्वारको रुपमा रहेको वीरगञ्जको शंकराचार्यद्वार अगाडि लगाइने नेपालको झण्डामा समेत मेयर सिंहका आफन्तजनको नाममा रहेको व्यवसायिक फर्मले अनियमितता गरेको आरोप सहित मेयर लगाायत ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरिएको छ ।

बर्तमान बजारको मूल्य भाउ अनुसार खुद्रामै ३ देखि ४ हजारसम्ममा तयार हुने झण्डा एकैपटक ३५ हजारसम्मको बिल बनाएर २ वटा झण्डा खरिद आदेश दिएर ३१ हजारका दरले तीनवटाको झण्डामा खरिद मूल्यबाहेक ९३ हजार रुपैयाँ १ पटकमा भ्रष्टाचार गरेको पाइएको उजुरीकर्ताको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिएको उजुरीमा १ वर्षमा कम्तीमा २७ वटा बढी झण्डा फेर्दा ८ लाख ३७ हजार रूपैयाँसम्म भ्रष्टाचार गरिएको आरोप लगाइएको छ ।

सरकारी ओहदामा बस्ने स्थानिय जनप्रतिनिधिबाट नै राष्ट्र–राष्ट्रियतासंग ठुलो घात गर्दै राष्ट्रिय झण्डा खरिद समेतमा वीरगञ्ज महानगरबाट भ्रष्टाचार गरिएको भन्दै केही समय अगाडि स्थानीय संचारमाध्यमहरुबाट समाचार प्रकाशन भएको थियो । वीरगञ्ज महानगरबाट भएको भ्रष्टाचारको विरोधमा दर्ता भएको उजुरी नम्बर सि ०२०१९१ रहेको जनाइएको छ ।

अख्तियारमा दर्ता गराइएको उजुरीमा मेयर राजेशमान सिंहले वीरगञ्ज महानगरपालिका भित्र हुने गरेका भ्रष्टाचारलाई संस्थागत गरी विभिन्न लाभ लिएका प्रमाण सहित उजुरी दर्ता गरिएको निवेदकको कथन छ । मेयर सिंहका आफन्तहरूको विभिन्न फर्म रहेकोमा प्राप्त भएको प्रमाणमा मेयर सिंहका बहिनी ज्वाइँ राजेश थापा र शोभा थापा सञ्चालक रहेको एस एण्ड जी सप्लायर्सले गतवर्ष देखि नै झण्डा फेर्दै आएका छन् ।

एस.एण्ड जी सप्लायर्सले २०८० भदौ १८ गते एकैदिन र विभिन्न मिति र समयमा २–२ वटा झण्डा खरिद आदेश कसरि पाए ? नियमले एक लाख भन्दा बढीको समान खरिद गर्दा तीन तीनवटा फर्मको कोटेशन लिनुपर्ने सरकारी प्रावधान समेतलाई लत्याउदै मौखिक आदेशमा मेयर सिंहका बहिनी ज्वाइँलाई १ लाख ५ हजारको झण्डा खरिदमा ठाडो खरिद आदेश जारी गरिएको छ ।

यति मात्र होइन २ वटा झण्डा ७० हजार र अर्को १ वटा झण्डाका लागि ३५ हजारको खरिद आदेश दिएको बारे जानकारी लिन खोज्दा कर्मचारी देखि हाकिमसम्म तै चुप, मै चुपको अवस्था छ ।यस घटनाबारे महानगर प्रमुख सिंहको सचिवालय पनि मौन रहँदै आएको छ । भ्रष्टाचार निवारण ऐन २०५९, तथा सम्पत्ति शुद्धिकरण ऐन २०६४ बमोजिम आवश्यक कारबाही गर्न उजुरी दिइएको उजुरीकर्ता संस्थानका राजकुमार तिमल्सेनाले जनाए ।

झण्डा खरिद गर्न मेयर राजेशमान सिंहका आफन्त पर्नेले पान नम्बर ६१८७८७८८९ रहेको एस एण्ड जी सप्लायर्सका लागि जिन्सी प्रमुख, शाखा प्रमुख र कार्यालय प्रमुखको आदेशले ७ दिन भित्र खरिद गर्न आदेश दिएको छ । एक वर्षमा मात्र २७वटा भन्दा बढी झण्डा फेरेको बिल बनाएर मेयर राजेशमान सिंहका आफन्तजनले ८ लाख ३७हजार रुपैयाँ सम्मको भुक्तानी लिएको महानगरका एकजना कर्मचारीले बताए ।

शंकराचार्यद्धार बाहेक वीरगञ्ज १४ स्थित शहीद तेजबहादुर अमात्यको शालिक परिसरमा पनि राष्ट्रिय झण्डा लगाइएको छ । झण्डा १६ फिटको उचाइमा रहेको महानगरले जनाएको छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब