बाढीका कारण धनुषा, महोत्तरी र सिरहामा व्यापक क्षति

  • असोज १४, २०८१ | ३९७ पटक पढिएको | सीमा संदेश
alt

लगातार तीन दिन देखि परेको अविरल वर्षा बाढीको कारण सिरहा, धनुषा र महोत्तरीमा व्यापक क्षति भएको छ । धनुषा–सिरहाको सीमा अवस्थित कमला नदीमा आएको बाढीका कारण सिरहा र धनुषामा व्यापक क्षति भएको छ ।

अविरल वर्षाले धनुषा–सिरहाको सीमा अवस्थित कमला नदीले विभिन्न स्थानमा क्षति पु¥याएको कमला नदी नियन्त्रण आयोजना धनुषाले जनाएको छ । धनुषाको कमला नगरपालिकाको हरिणेस्थित कमला नदीको ग्यावियन जालीको वाल भत्किनुको साथै आरसिसि वालसमेत भत्किएको जनाइएको छ ।

त्यस्तै कमला नगरपालिकाको हथमुन्डामा कमला नदी छेउमै निर्माण गरिएको बाँधको माथिल्लो भागमा क्षति भएको छ भने सोही नगरपालिकाको वडा नम्बर ५ स्थित लक्कडदेखि फूलबरियासम्मको बाटो कटान भएको कमला नदी नियन्त्रण आयोजना धनुषाले जनाएको छ ।

त्यस्तै कमला नदीमा आएको बाढीको कारण सबैला नगरपालिका वडा नम्बर ४ स्थित पटेर्वादेखि सबैला नगरपालिका– १३ स्थित ढोलबज्जासम्मको नदीले कटान गरेको छ । त्यस्तै सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ स्थित भेडिया–भोक्राहामा तटबन्ध नजिक कटान गरेको छ ।

त्यस्तै कल्याणपुर नगरपालिका वडा नम्बर ५ स्थित चिकना–निर्दना स्थित तटबन्ध नजिकको कटान गरेको छ । भने चत्तरीमा तटबन्ध नजिक कटान गरेको छ ।

त्यस्तै बाढीले सिरहा नगरपालिका– ५ स्थित मानपुरमा स्परको लन्चिंग तथा आरसिसि पाइल बगाएको छ । सिरहा– १७ स्थित पटेर्वादेखि कल्याणपुर नगरपालिका– ७ स्थित भेडिया सम्मसमेत बाढीका कारण बाटो कटान गरेको जनाइएको छ । सिन्धुलीको दुधौली नगरपालिका– २ स्थित ज्यूदाही फाँटमा माटोको बाँध कटान गरेको छ भने दुधौली नगरपालिका ९ स्थित जीतपुर टाडीमा तटबन्ध नजिक कटानले व्यापक क्षति भएको आयोजनाले जनाएको छ ।

त्यसैगरि महोत्तरीको रातो नदीमा आएको भिषण बाढीका कारण भंगहा नगरपालिका वडा नम्बर ६ स्थित हतिसर्वा नजिक रहेको नदीको तटबन्ध भत्केको छ । सो तटबन्ध भत्किँदा बाढी गाउँतर्फ पसेको छ । त्यसैगरी तटबन्ध बनाउन बाँकी रहेको हतिसर्वा, वनचौरीलगायत जिल्लाका विभिन्न स्थानहरुमा निर्माण गरिएका तटबन्धसमेत भत्केको छ । सो बाढी गाउँतर्फ जाँदा ठूलो जनधनको क्षति भएको हुन भएकोले सम्बन्धित निकाय जनताको तटबन्ध कार्यालय महोत्तरीले सोको रोकथाम गर्दा जनतालाई राहत भएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब