सिरहा, १५ असोज । सिरहा नगरपालिकालाई बदनाम गर्ने मनसायले केही अनलाईन मिडिया, समाजिक सञ्जाल तथा पत्र पत्रिकाहरुमा प्रकाशन भईरहको मिथ्या, तथ्यहिन तथा भ्रम फैलाउने समाचारको भ्रममा नपर्नु हुन सरोकारबालाहरुलाई सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले एक विज्ञप्ति मार्फत अनुरोध गरको छ ।
सिरहा नगरपालिका अन्तर्गत वडा नं. १९ मा निर्माण क्रममा रहेको १० वेडको अस्पताल निर्माण कार्य सम्पन् नगरी कमिसनको आडमा भुक्तनी गरको समाचारमा कुनै सत्यतथ्य नरहेको र पालिकालाई बदनाम गराउने प्रयास भएको यादबले बताए ।
उक्त अस्पताल आर्थिक वर्ष २०८०।०८१ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भएको बजेट अनुसार गुणस्तरीय तथा नियमानुसार निर्माण भईरहको छ । यो अस्पताल निर्माण कार्य बहुवर्षिय ठेकका प्रणालीमा ठेक्का बन्दोवस्त भएको हो ।
नगरपालिकाबाट ठेक्केदार कम्पनीलाई काम गरेको आधारमा मूल्यांकन गरी कानून सम्वत् भुक्तानी मात्र गरिएको छ । काम नगरी कमिशन लिइ भुक्तानी भएको कुरामा कुनै सत्याता छैन् । अहिले पनि काम भए अनुसारको सम्बन्धित निकायबाट रकम निकासा नभएको कारण ठेक्केदार पक्षलाई भुक्तानी दिन सकेको छैन्।
कुनै पनि समाचार लेख्न गर्दा घट्नाको सम्पूर्ण सत्यतथ्य विवरण र सम्बन्धित पक्षको राय प्रतिक्रिया लिने कानून व्यवस्था हुदा पनि त्यस्ता प्रक्रिया र कानूनलाई पालन नगरी चरित्र हत्या तथा पालिकालाई बदनाम गर्ने मनसायले समाचार प्रकाशन गरेको पालिकाको ठहर छ ।
यस्ता भ्रम फैलाउने मिडिया विरुद्ध सिरहा नगरपालिका कानूनी प्रक्रियमा जाने, भ्रमबाट विचलित नहुने र भ्रम फैलाउने अनलाईन पत्रिकाबाट सचेत रही भ्रममा नपर्न हुन नगरवासी तथा सम्बन्धी सरोकारवालालाई यादबले अनुरोध गरेको छ ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved