गोलबजारमा बजार अनुगमन, मासुमा रँग भेटियो , पेय पदार्थ डुप्लिकेट

  • असोज २०, २०८१ | ४६१ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको गोलबजार नगरपालिकामा शनिवार बजार अनुगमन गरेको छ । सिरहाको जिल्ला प्रशासन कार्यालयको सम्पुर्ण सुरक्षा निकायका टोलि द्वारा बजार अनुगमन गरेको हो । 

गोलबजारमा दशै चाडबाडको बेला बजारको पसलहरुमा म्याद गुज्रिएको पिए पदार्थ जस्तै कोक,पेप्सी, बदाम जुस, लगायतका कोल्ड ड्रीन्क्सहरुको अनुगमन गरेको हो र दशैमा मानिसहरु मासु धेरै खाने भएको मध्य नजर गर्दै गोलबजारको सबै मासु पसलहरुमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा मासु पसल बलाहरुलाई खसिको मासुमा लगाउने रातो रङ्ग नलगाउन समेत निर्देशन दिएको थियो, मासुमा लगाउने रातो रंग भएको डब्बा सबै पसल बाट प्रमुख जिल्ला अधिकारी बासुदेब दाहालले आफै नस्ट गरेको हो । 

गोलबजार नगरपालिका वडा न ४ मा रहेको पब्लिक कोल्ड स्ट्रोरमा समेत अनुगमन गरेको हो, कोल्ड स्ट्रोरमा गोलडेन ओके, फाइटर, उमंग आदि जस्ता पिय पदार्थलाई क्युआर बाट स्क्यान गरि अनुगमन गरेको थियो,  अनुगमनको क्रममा जुन पिय पदर्थामा क्युआरले काम नगरेकोलाई एक,एक बोतल अनुगमन टोलिले अनुसन्धानका लागि लगिएको हो । 

अनुगमनमा सिरहाको प्रमुख जिल्ला अधिकारी बासुदेब दाहाल, राष्ट्रिय अनुसन्धानका एसपी टीका पोख्रेल,सशस्त्र प्रहरी बल सिरहाका गणपति शिव गैरे, नेपाल प्रहरीका एसपी रमेश पण्डित, गोलबजार बेपार संघका अध्यक्ष बिजय साह र ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी प्रमुख गोबिन्द प्रशाद साह, सञ्चारकर्मीहरुको उपस्थितिमा बेलुकाको ६ बजे सम्म अनुगमन गरेका थिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब