यस्तो छ कार्तिक आर्यन र तृप्ति डिमरीको हरर कमेडी ‘भुलभुलैया ३’ को ट्रेलर

  • असोज २४, २०८१ | ५८० पटक पढिएको | सीमा संदेश
alt

कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भुल भुलैया ३’ को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ५० सेकेन्डको यो ट्रेलर कमेडीले भरिपूर्ण छ । तर, यदि तपाईं डरलाग्दो दृश्यको लागि प्रतीक्षामा हुनुहुन्थ्यो भने, तपाईं निराश हुनसक्नुहुन्छ ।

यो हरर कमेडी फिल्मको ट्रेलरको सुरुवात सिंहासनबारेको संवादबाट सुरु हुन्छ । त्यसपछि सबै पात्रको परिचय गराइन्छ । कार्तिकले फेरि एक पटक रूह बाबाको भूमिका निर्वाह गरेका छन् जो भूत बस्ने हवेलीबाट भूतलाई भगाउन र केही रहस्यपूर्ण समस्या समाधान गर्दै गरेको देखिएको छ ।

ट्रेलरमा विद्या बालन मन्जुलिकाको भूमिकामा फर्किएकी छिन् । उनको भूमिका डरलाग्दो देखाइएको छ । माधुरी दीक्षितले मञ्जुलिकालाई सरप्राइज दिएकी छिन् । फिल्ममा रुह बाबा र तृप्ति डिमरीबीचको लभ केमेस्ट्री देख्न सकिन्छ । विजय राज र राजपाल यादव पनि देखिएका छन् ।

यो फिल्म तिहारको अवसरमा कात्तिक १६ गते रिलिज हुँदैछ । उक्त दिनमा यो फिल्मसँगै अजय देवगणको फिल्म ‘सिंघम अगेन’सँग हुनेछ ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब