कमला ह्यारिसको समर्थनमा एआर रहमानले बनाए ३० मिनेटको भिडियो

  • असोज २६, २०८१ | ३४३ पटक पढिएको | सीमा संदेश
alt

भारतीय संगीतकार एआर रहमानले कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड गरेका छन् । यो भिडियो एसियन अमेरिकन एन्ड प्यासिफिक आइल्याण्डर्स (एएपीआई) विजय कोष संगठनले रेकर्ड गरेको हो । यो भिडियो एएपीआईको युट्युब च्यानलमा अक्टोबर १३ मा लाईभ गरिने बताइएको छ ।

एआर रहमान ह्यारिसलाई समर्थन गर्ने दक्षिण एशियाका पहिलो अन्तर्राष्ट्रिय कलाकार हुन् । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । भारतीय मूलकी कमला यस निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार हुन् । उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने दावेदार हुन् ।

यसअघि एआर रहमान र इन्डियास्पोराका अध्यक्ष एमआर रंगास्वामीको भिडियो टिजर पनि रिलिज भएको थियो । रिपोर्टका अनुसार रहमानका केही चर्चित गीतहरू यस शोमा बजाइने छ । यससँगै ह्यारिसलाई भोट गर्न अपिल पनि गरिनेछ ।

यस अघि पप स्टार टेलर स्विफ्टले पनि आफ्नो इन्स्टाग्राममा कमला ह्यारिसलाई सहयोगको अपिल गरेकी छिन् ।

कमला ह्यारिसका लागि अमेरिकामा रहेका भारतीय समुदायले चुनावी अभियान सुरु गरेका छन् । सेप्टेम्बर ३ मा, मानिसहरूले उत्तरी क्यारोलिना, मिशिगन, जर्जिया, पेन्सिलभेनिया लगायत धेरै राज्यहरूमा ह्यारिसको समर्थनमा र्‍यालीहरू निकालेका थिए । अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको रिपोर्ट अनुसार अमेरिकामा २१ लाखभन्दा बढी भारतीय-अमेरिकी मतदाता छन् ।

कमला ह्यारिसले ट्रम्पलाई भन्दा अश्वेत व्यक्तिबाट बढी समर्थन पाइरहेकी छन् । प्यू रिसर्च सेन्टरको सर्वेक्षण प्रतिवेदनअनुसार ७७ प्रतिशत अश्वेत मतदाताले राष्ट्रपतिका लागि कमलालाई रुचाएका छन् । जबकि १३ प्रतिशत अश्वेत मतदाताले मात्र ट्रम्पलाई समर्थन गरेका छन् ।

यसैबीच, पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित चुनावी र्‍यालीमा ओबामाले अश्वेत पुरुष मतदातालाई कमलालाई भोट गर्न अपील गरेका थिए । 

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब