बरियारपट्टीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

  • असोज २७, २०८१ | ३९२ पटक पढिएको | सीमा संदेश
alt

सिरहामा मोटरसाइकलको ठक्करबाट तीन वर्षिया बालिकाको ज्यान गएको छ। बरियारपट्टी गाउँपालिका ३ बरियारपट्टीचोकमा झाझपट्टीबाट सिराहातर्फ जाँदै गरेको हालसम्म नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय सरोज साफीकी छोरी ३ वर्षीया गंगा कुमारी साफीको आइतबार बिहान ज्यान गएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करदिने मोटरसाइकल हालसम्म फरार रहेकोले मोटसाइकल र त्यसका चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए।

उनका अनुसार ठक्कर दिएर फरार मोटरसाइकल र चालककको खोजी भईरहेको छ। डीएसपी पासवानले भने, ‘बच्चालाई ठक्कर दिनासाथ प्रहरीलाई खवर गर्नुभन्दा पनि बच्चाको उपचारमामात्र ध्यान गएकाले मोटरसाइकल भाग्न सफल भएको हो। हामीले खोजीकार्य तिब्रबनाएका छौं।’

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब