एसएसबी जवानले नेपाली भूमिमा गोली चलाउँदा दुई भारतीय पक्राउ

  • कार्तिक १, २०८१ | ३८७ पटक पढिएको | सीमा संदेश
alt

भारतीय सीमा सुरक्षा बल (एसएसबी) जवानले नेपाली भूमिमा गोली चलाउँदा दुई भारतीयलाई पक्राउ गरिएको छ ।

एसएसबीले मंगलबार नेपाली भूमिमा प्रवेश गरी गोली चलाएको प्रकरणमा दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो नेपालतर्फबाट कवाड लिएर जाँदै गरेका २ जना तस्करहरूलाई एसएसबीले रोक्न खोजेपछि झडप भएको थियो । सो झडपको क्रममा एसएसबीले दुई राउण्ड गोलीसमेत चलाएको थियो । यता एसएसबीमाथि हातपात गरेर उनीहरु नेपाल प्रवेश गरेका थिए ।

एसएसबीले चलाएको गोलीको खोका नेपाली भूमिमा भेटिएको छ । भारतीय प्रहरीले नेपाल प्रहरीलाई दिएको जानकारी अनुसार तस्करले एसएसबीका जवानद्वय नवीन कुमार र श्रीपालमाथि आक्रमण गरी भागेका थिए । उनीहरुले हतियारसमेत खोस्ने प्रयास गरेपछि आत्मरक्षाका लागि एसएसबीका जवान नवीन कुमारले दुई राउण्ड गोली चलाएका थिए । त्यसपछि कबाड तस्कर नेपालतर्फ भागेका थिए । उनीहरुले एसएसबीमाथि आक्रमण र ढुंगामुढासमेत गरेको थियो ।

सोही घटनामा संलग्न मध्येका भारत रक्सौलको अहिरवा टोलका जितु कुमार र खुर्शीद आलम छन् । सो घटनामा संलग्न अन्य व्याक्तिहरूको पनि खोजी भइरहेको भारतीय प्रहरीका एसपी स्वर्ण प्रभातले जनाएका छन् ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब