मधेसमा हरेक महिना कम्तीमा ६ जनाको हत्या

  • कार्तिक १८, २०८१ | २६२ पटक पढिएको | सीमा संदेश
alt

मधेस प्रदेशमा शृङ्खलाबद्ध हत्याका घटनाहरू भइरहेका छन् । पछिल्लो चार महिनामा दुई दर्जन भन्दा बढी हत्याका घटना घटेका छन् । प्रहरी तथ्याङ्क अनुसार हरेक महिना कम्तीमा ६ जनाको हत्या भइरहेको छ । त्यस तथ्याङ्क बमोजिम हरेक जिल्लामा हत्याका घटनाहरू छ्यापछ्याप्ती भइरहेको देखिन्छ । तैपनि प्रहरीले कुनै ठोस योजनाहरू बनाउन सकिरहेको छैन । 

यही कात्तिक १२ गते, सोमबार । यो दिन महोत्तरीमा एक जना महिलाको शव फेला । २५ वर्षीया महिलाको घाँटी थिचेर हत्या गरिएको अवस्थामा उनको शव भेटियो । जिल्लाको पिपरा गाउँपालिका– ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको आँपको बगैँचा नजिकैको ती महिलाको शव फेला परेको थियो । फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरी अनुसन्धानमा जटिलता थियो, तर केही दिनमै अनुसन्धानले गति लियो ।  

प्रहरीको सूक्ष्म अनुसन्धानले महिलाको पहिचान मात्रै भएन, घटनाको अनुसन्धानलाई नै सहज बनाइदियो । मृतक महिला धनुषाको सहिद नगरपालिकास्थित यदुकाहाको निमुवा टोलकी २६ वर्षीया मालती मण्डल थिइन् ।

मृतक मण्डलको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरी अनुसन्धानमा देखियो । उनको मटिहानी नगरपालिका– ५ का राकेश नायकसँग विवाहेत्तर सम्बन्ध थियो । 

यही कारण श्रीमान्/श्रीमती मिलेर संयुक्तरुपमा हत्या गरे, अनि लगेर बगैँचाको नजिकै रहेको डिलमा शव फ्यालिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि चलेको अनुसन्धानले हत्या गरेका श्रीमान्/श्रीमती पक्राउ गरेर मुद्दा प्रक्रियासमेत अगाडि बढाइसकेको महोत्तरी प्रहरी प्रवक्ता सन्तुलाल जैसवार बताउँछन् ।

यो घटनाको दुई दिन अगाडि अर्थात् कात्तिक १० गते बारामा पनि एक जना वृद्धको हत्या गरियो । गाउँकै एक व्यक्तिले धारिलो हतियार प्रहार गरी ५० वर्षीय एक वृद्धको हत्या गरे ।  

बाराको महागढीमाई नगरपालिकामा नगरपालिकाको वडा नम्बर १ निवासी श्रीनारायण यादवको खुकुरी प्रहार गरी हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको छ । लगत्तै भएको प्रहरी अनुसन्धानले हत्याको जड मात्रै पत्ता लगाएन, हत्याका आरोपितसमेतलाई कठघरामा उभ्यायो । 

आफ्नो खेत जोत्न गर्न नदिँदा हत्या गरिएको बयानसहित प्रहरीले सोथाइ चौधरीलाई नियन्त्रणमा लियो । चौधरी मृतक यादवकै गाउँले रहेको प्रहरी छानबिनमा देखिएको छ । पक्राउ परेका चौधरी अहिले जिल्ला प्रहरी बाराको हिरासतमा छन्, उनीमाथि कर्तव्य ज्यान सम्बन्धीको मुद्दा भएको छ ।

यी दुई वटै घटनाको करिब एक डेढ महिना अगाडिको तेस्रो घटना हो, सिराहाको । कुरा हो– २७ असोजको । यो दिन राती गाउँमा लागेको मेलामा लागेको थियो । 

त्यो मेलामा एक युवती आफ्नो केटासाथीसँग भेट्न आइन ।  त्यो थाहा पाएर केटाका साथीहरूले ती केटीसँग यौन सम्पर्कको राखे । तर त्यो प्रस्ताव अस्वीकार गर्दा सिराहा सुखीपल नगरपालिकाका कृष्ण महराको हत्या भयो । 

‘गर्लफ्रेन्ड’ सँग साथीहरूले आफूहरू पनि यौन सम्पर्क गर्ने प्रस्ताव अस्वीकार गर्दा उनको हत्या भएको प्रहरीले गरेको अनुसन्धानबाट खुल्यो । त्यसपछि प्रहरीले घटनामा संलग्न सबैलाई नियन्त्रणमा लिइसकेको जनाएको छ । पाँच जना अहिले महरा हत्याकाण्डमा प्रहरी हिरासतमा छन् । 

महोत्तरी, सिराहा र बारमा भएका हत्याका घटना त केही उदाहरण मात्रै हुन । पछिल्लो चार महिनामा प्रदेशमा हत्याका घटना शृङ्लाबद्ध भइरहेको सूचि छ । 

मधेस प्रदेश प्रहरीका अनुसार चालू आर्थिक वर्षको चार महिनामा मात्रै दुई दर्जन भन्दा बढीको हत्याका घटना भएका छन् । 

मधेस प्रहरीका अनुसार बितेको ४ महिनामा मात्र २६ जनाको हत्या भएको छ । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक ११ गतेसम्मको अवधिमा २६ जनाको हत्या भएको प्रहरी विवरण छ ।  

  • कुन जिल्लाबाट कति ?

प्रदेशका ८ वटै जिल्लाबाट दुई नाबालकसहित २६ जनाको हत्या भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । 

यो हत्या लगभग प्रदेशका ८ वटै जिल्लामा घटेको प्रहरी तथ्याङ्कले देखाइरहेको छ । सबैभन्दा बढी सर्लाही जिल्लामा हत्याका घटना भएका प्रहरी तथ्याङ्क छ । यो जिल्लामा कुल घटनामध्ये ६ जनाको हत्या यही भएको प्रहरी रेकर्डमा उल्लेख छ ।  

त्यसपछि सिराहा, रौतहटमा क्रमशः ४/४ जनाको हत्या गरिएको विवरण छ । यसै गरी सप्तरीमा एक जना बालकसहित २ जनाको हत्या भएको प्रहरी विश्लेषण छ । यही अवधिमा बाराबाट समेत एक बालिकासहित ४ जनाको हत्याका घटना भएका प्रहरी आँकडा छ ।

त्यसपछि महोत्तरी ३, धनुषामा २ जना र पर्सामा १ जना हत्या भएको प्रहरी अभिलेख छ । यी ८ वटै जिल्लामा कूल २६ जनाको हत्या भएको प्रहरी अभिलेखमा उल्लेख छ । 

  • पुरुषको बढी 

गएको चार महिनाको अवधिमा मृत्यु भएकाहरूमध्ये अधिकांश पुरुष रहेको प्रहरी तथ्याङ्कमा देखिएको छ । प्रदेशभरमा चार महिनामा १६ जना पुरुषको हत्या भएको रेकर्ड छ । त्यसपछि दोस्रो नम्बरमा महिलाको हत्या भएको तथ्याङ्क छ । 

चार महिनामा ७ जना महिलाको हत्या गरिएको प्रहरी विवरण छ । साथै २ जना नाबालकको समेत हत्या गरिएको प्रहरी विवरण छ ।  

  • के भन्छ प्रदेश प्रहरी ?

प्रदेशका ८ वटै जिल्लामा हत्याका २७ वटा मुद्दा दर्ता भएका छन् । ८ वटै जिल्लामा हत्या सम्बन्धी २७ वटा मुद्दा दर्ता भएका मधेस प्रदेश प्रहरीले जनाएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सोही समयमा प्रहरीले हत्या आरोपित ३४ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमध्ये २३ जना पुरुष र ११ जना महिलाको सङ्ख्या छ । कर्तव्य ज्यान मुद्दाका विभिन्न ३४ जना आरोपितलाई पक्राउ गर्न प्रहरी टोली सफल भएको प्रदेश प्रहरी प्रमुख लालमणि आचार्य बताउँछन् । 

उनका अनुसार मुख्यतः तीनवटा कारणले हत्याका घटना भइरहेका छन् । रिसिइबी, विवाहेत्तर सम्बन्ध र सानोतिनो झगडामा आवेगमा आएर गरिने प्रहारबाट मूलतः यस्ता घटनाहरू भइरहेको प्रदेश प्रहरी प्रमुख आचार्यको भनाइ छ । 

प्रहरीको अकर्मण्यताले घटना नघटेको प्रदेश प्रहरी प्रमुख आचार्य बताउँछन् । उनी भन्छन्, ‘ यी  घटनाहरूको प्रहरी अनुसन्धानमा त सफलता मिलेको छ, तर सफलता मिल्नुको अर्थ वाहवाही होइन । राम्रो होइन । घटनाले समाज कता गइरहेको छ भन्ने म्यासेज दिइरहेको छ, जुन चिन्ताजनक छ । डरलाग्दो छ ।’ 

यो रोकथामका लागि जनचेतना जगाउन जरुरी रहेको उनको बुझाइ छ । राज्यस्तरबाट आम नागरिकमा जनचेतना जगाउन जरुरी रहेको डिआइजी आचार्य बताउँछन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब